अन्तरङ्ग सम्बन्धमा आत्मीयता - दम्पतीको समझदारी

अन्तरङ्ग सम्बन्धमा आत्मीयता - दम्पतीको समझदारी

"माया, प्रेम, विश्वास, यौन सम्बन्ध, भावनात्मक सम्बन्ध र आत्मीयताले नै दम्पती अझ भनौँ जीवनसाथीको सम्बन्ध सुमधुर बनाउनेछ, सम्बन्ध राम्रो भएपछि घर पनि खुसी, समाजमा पनि उदाहरणीय"

- रेडियो कार्यक्रम समझदारी

मनरुपा भाउजू र सूर्यसिंह दाइको घर असाध्यै रमाइलो छ । उहाँको घरभित्रको कुरा त झन् रमाइलो हुने नै भयो । घरका कति कुरामा  भनाभन भए पनि आपसी समझदारीले नै दाईभाउजूको सम्बन्ध असाध्यै सुमधुर छ। 

श्रीमान् श्रीमतीको सुमधुर सम्बन्धको आधार नै आपसी समझदारी र एक अर्कोलाई गर्ने सम्मान हो । पूर्व पश्चिम राजमार्गको दाउन्नेमा होटेल चलाउने मनरुपा र सूर्यसिंह एक अर्कोलाई सम्मान गर्ने समझदार श्रीमान् श्रीमती हुनुहुन्छ । एक अर्काको कुरा ध्यान दिएर सुन्ने र मिलेर निर्णय गर्ने बानीले परिवार सुखी बन्छ भन्ने कुरा ज्वलन्त उदाहरण समझदारी रेडियो कार्यक्रम सुनेर थाहा पाइन्छ। अनि नि, आपसी समझदारी हुने हो भने जिन्दगी धान्न निक्कै सजिलो हुन्छ पक्का ।

अझ, नारायण पुरी र मालती पुरीको रोचक कुराको के बयान गर्नु ?। कुरा पनि कस्तो रोचक ? एक छिन पनि नअलग्गिने, एक अर्काको भावनाको कदर गर्ने उपाय पनि थाहा रहेछ ? मोटरसाइकल वर्कसपका कठिन कठिन काम गर्न पनि मालतीलाई कुनै हिचकिचाहट छैन । कस्चो ढुकुरको जस्तो जोडी नारायण र मालतीको !

माया, प्रेम, विश्वास, यौन सम्बन्ध, भावनात्मक सम्बन्ध र आत्मीयताले नै दम्पती अझ भनौँ जीवनसाथीको सम्बन्ध सुमधुर बनाउने पक्का छ । सम्बन्ध राम्रो भएपछि यसले घर पनि खुसी हुने अनि समाजमा पनि उदाहरणीय बन्न सकिन्छ । 

हाम्रा मात्रै होइन तपाईँका विचार पनि उत्तिकै महत्त्वपूर्ण छन् । हामीलाई तपाईँको विचार पनि भन्नुस् न है मनरुपा र सूर्यसिंहले जस्तै ? तपाईंले चाहिँ आफ्नो सम्बन्ध सुमधुर बनाउन के गर्ने गर्नुभएको छ रु हामीलाई फोन गरेर, इमेल लेखेर वा हाम्रो फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राममा कमेन्ट गरेर वा मेसेज गरेर तपाईँलाई लागेको कुरा भन्नोस् है ?

समझदारी कार्यक्रमको पहिलो अङ्कमा मनरुपा र सूर्यसिंहसँगै अर्जुनलाई पनि भेट्न पाईन्छ जो सूर्यसिंह र मनरुपाको होटेलमा प्रायः आइरहन्छन् । मनरुपा र सूर्यसिंहको वैवाहिक सम्बन्ध कुनै समस्या रहित छ भन्ने होइन, तर आपसमा समझदारी कायम गर्न उनीहरू सकभर प्रयास गरिरहन्छन् । त्यसैले उनीहरूको जीवन सुखमय, सफल भइरहेको छ । 

रकार्यक्रम सुन्नका लागि https://anchor.fm/eai-nepal/episodes/--01-e1chip2

कार्यक्रममा पैसा नलाग्ने नम्बरमा फोन गरेर सहभागी हुन...

तपाईँसँग एनटीसीको फोन छ भने १६–६०–०१–००–४–५–९ मा फोन गरेर दिइएको निर्देशन अनुसार आफ्ना कुरा भन्न सक्नुहुन्छ । अनि एनसेलको सिम लगाएको फोन छ भने ९८–०–१५–७१–०२९ मा फोन गरेर दिइएको निर्देशन अनुसार आफ्ना कुराहरू भन्दा पैसा लाग्दैन । ल है...आफूलाई लागेको कुनै पनि जिज्ञासा, प्रश्न वा बिचार भए हामीलाई अहिले नै फोन गरेर रेकर्ड गराउनुस् है ।

तपाईँले हामीलाई jimmebari@gmail.com मा इमेल पनि लेख्न सक्नुहुन्छ । तपाईँले फेसबुक, यूटयूब, ट्विटर र टिकटकमा पनि हामीलाई हेरेर, सुनेर, लाईक, कमेन्ट गरेर र सेयर गरेर साथ दिन तथा आफ्ना कुरा भन्न सक्नुहुन्छ ।

#changestartsathme #samajhdarijodi #meroreport

 

- Mero Report