घोडाघोडी नगरपालिकामा विपत व्यवस्थापन समिति गठन

Avg.Rating: 0

घोडाघोडी नगरपालिकामा विपत व्यवस्थापन समिति गठन ।।

बिरेन्द्र शाह कैलाली श्रावण १ सुखड

कैलालीको घोडाघोडी नगरपालिकामा प्राकृतिक प्रकोप बाट हुने क्षति न्युनिकरणका लागि नगर स्तरिय विपत व्यवस्थापन समिति गठन भएको छ । देश भर बिभिन्न जिल्लामा विगत केही दिन देखिको अविरल रुपमा वर्षा भईरहेको हुनाले बर्षातका कारणले हुन सक्ने जोखिम बाट बच्न उच्च सतर्कता अपनाईएको हो । विगतको बाढी, पहिरो,आगजनी,माहामारी जन्य प्रकोपले निम्ताएको क्षेतिलाई मध्य नगर गर्दै घोडाघोडी नगरपालिकामा नगर स्तरिय विपत व्यवस्थापन समिति गठन गरेको हो । नगरको उच्च जोखिममा रहेका स्थानहरुको पहिचान गरि बाढी पहिरो तथा विपतमा परेकाहरुलाई तत्काल उद्धार गरेर आवश्यक राहत दिनु पर्ने अवस्था आएमा तक्काल व्यवस्था मिलाउने उद्देश्यले नगर स्तरिय विपत व्यवस्थापन समिति गठन गरिएको घोडाघोडी नगरपालिका निमत्त प्रमुख प्रसासकिय अधिकृत दिपक कुमार आचार्यले बताए । नेपाल सरकारको निति बमोजिम नगर प्रमुख ममता प्रसाद चौधरीलको संयोजकत्वमा नगर स्तरीय विपत व्यवस्थापन समिती क्रियाशिल रहेने बताईएको छ । जसमा उप प्रमुख प्रेम कुमारी थापा, प्रमुख प्रसासकिय अधिकृत, १२ वडाका वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी,इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय,शसस्त्र प्रहरी व्यस क्याम्प,शिक्षा शाखा र स्वास्थ्य शाखाको प्रतिनिधि सहभागिता हुने गरी घोडाघोडी नगरपालिकामा नगर स्तरीय विपत व्यवस्थापन समिति गठन गरिएको नगर प्रमुख  ममता प्रसाद चौधरीले बताए । अब छिट्टै नगरपालिकाको १२ ओटै वडामा वडाअध्यक्षको संयोजकत्तमा पनि वडा स्तरीय विपत व्यवस्थापन समिति गठन गरीने बताउनु भयो । विपत परेका बेला उद्धार गर्न सक्ने आवश्यक सर सामानहरु खरीद गर्ने काम तयारी भैइरहेको बताए । घोडाघोडी नगरपालिकाको वडा नम्बर १०,११,१२,९,७,४ र ५ मा कान्द्रा नदीको बाढीले क्षेति गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷२०७६ मा विपत व्यवस्थापन लागी नगर सभा ५० लाख रकम छुटाएको छ ।