कञ्चनपूरको गड्डाचौकी नाकामा कडाइ भएपछि कैलालीको पूर्वी नाकाबाट मानव तस्करी बढ्दै,,

Avg.Rating: 0

नन्दा महरा 

   कञ्चनपूर


कैलालीको सत्ती भन्सार नाकामा मानव बेचबिखनका घटना बढ्न थालेका छन् । सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्करीका घटना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो समयमा खुला सिमानाका कारण सत्ती भन्सार नाकाबाट हुने गरेको पाइएको छ । गड्डाचौकी नाकामा कडाइ भएपछि सजिलैसँंग भारत पुग्न कैलालीको पूर्वी नाका मानव तस्करले प्रयोग गर्दै आएका हुन् । भजनी  र टीकापुर नगरपालिकासँंग जोडिएका कालाकुण्डा, मरियाघाट, जसबहादुर घाट, डाक्टर घाट, कौवाखेडा, गुलरिया घाटलगायत ठाउँबाट सजिलै भारतीय बजार पुग्न सकिन्छ। ती ठाउँमा कुनै समन्वयकारी निकाय पनि छैन। भजनी ५ लालभोझीमा पृथ्वीपुर छोटी भन्सार तथा टीकापुर ९ मा सत्ती भन्सार कार्यालय छन्।  ती भन्सार कार्यालयका बीचमा अवैध नाका चोरी पैठारीका लागि बढी नै मानिस  सक्रिय  छन्। विशेषगरी यस समयमा नदीमा पानीको बहाव कम हुने भएकाले पनि तस्करलाई सजिलो हुने गरेको छ।सत्ती भन्सार कार्यालयबाट मात्रै सात वर्षका अवधिमा बेचबिखनमा पर्न लागेका २८१ जनाको उद्धार गरिएको मानव उद्धारका क्षेत्रमा काम गर्दै आएको साना हात नेपाल क्षेत्रीय संयोजक तुल्सी नेपालीले बताइन। उनले बढी कैलालीकै  बेचबिखनमा परिरहेकाहरुको उद्धार गरिए पनि पूर्वी नेपाल तथा काभ्रेपाल्चोक, गोरखा, रुपन्देही, झापा, सुर्खेत, बर्दिया, कञ्चनपुरलगायत जिल्लाबाट पनि भारत तथा तेस्रो मुलुकमा बेचबिखनका लागि लग्दै गरेकाहरुको उद्धार गरिएको जानकारी दिए।