बालबालिकाहरुमा इन्फ्लुएञ्जा रोगको प्रकोप

Avg.Rating: 0

सिन्धुली, १५ भदौ÷पाच वर्ष मुनिका बालबालिकाहरुमा इन्फ्लुएञ्जा रोगको प्रकोप देखा परेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ । वर्षायामको सुरु तथा अन्त्य, जाडो यामको सुरु तथा अन्त्यमा साधारण तयार रुगाखोकि, ज्वरो आउने भएकाले सतर्ककता अप्नाउन जिल्ला अस्पताल सिन्धुलीले जिल्लाबासी सवैलाई आग्रह गरेको छ । १५ दिनदेखि जिल्ला अस्पतालमा प्रत्येक दिन २ सय देखि ३ सयको हाराहारीमा खोकि लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाहे हुने विरामीहरु आइरहेको जिल्ला अस्पताल सिन्धुलीकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सुमित्रा गौतमले बताउनुभयो । इन्फ्लुएञ्जा रोगको प्रकोपबाट बच्नका लागि खोक्दा, हाच्छिउ गर्दा सफा कपडा वा रुपमालले नाक, मुख छोप्ने, छोपाउने गर्न डक्टर गौतमको सुझाव छ ।

 

त्यस्तै केहि खानेकुरा खानु अघि तथा खाइसकेपछि साबुन पानीले मिचिमिचि हात धुन, पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा खान, खुवाउन, ज्वरो आएका बालबालिकाहरुलाई नगुम्सिएको हावा ओहोरदोहोर हुने कोेठामा आराम गराउन उहाँले सुझाव दिनुभयो । ज्वरो रुगाखोकि लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य सस्थामा लैजान, शंकास्पद रोगि व्यक्तिबाट सकभर टाढै बस्न, अरुले प्रयोग गरेको रुमाल, कपडा प्रयोग नगर्न, नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्रै पुन प्रयोग गर्न डक्टर गौतमले आग्रह छ ।