बर्दियाको बढैयाताल गाउँपालिकामा बागेश्वरी रेडियो श्रोता समुह गठन

Avg.Rating: 0

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर २ जमुुनीमा सुुशासन र जवाफदेहिता बारे स्थानिय पहल सुरु गर्न युुवाहरुले रेडियो सुुन्दै छलफल गर्न बागेश्वरी रेडियो श्रोता समुह गठन गरेका छन् । युएसएआईडीको सहयोगमा एफएचआई ३६०, ईक्वेल एक्सेस र आईसिएनएलको  सहयोगमा पारस्परिक जवाफदेहिता परियोजना मार्फत सुचना र मानव अधिकार अनुसन्धान केन्द्रको पहलमा सो समुुह गठन भएको हो ।

हरिकला सुुनारको अध्यक्षतामा गठित १६ सदस्यीय समुहको उपाध्याक्षमा मैसरा थापा क्षेत्री, सचिवमा तारा बिसी र सहजकर्तामा रिता बिक चयन हुुनुभएको छ । श्रोता समुह गठन कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना तथा सो समुुहको काम र कर्तब्यका बारेमा सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोमबहादर गुरुङ र सामुुदायिक संचारकर्मी अनोज थारुले युुवा विच छलफल मार्फत जानकारी गराउनुभएको थियो । 
रेडियो श्रोता समुुह मार्फत स्थानीय तहका काम कर्तब्य र सार्वजनिक सरोकारका विषयमा सवाल उठाउन सजिलो हुुने सो समुुहका सहजकर्ता रिता विकले बताउनुभयो । नव गठित समुुहका अध्यक्ष हरिकला सुुनारले स्थानीय समस्या एकै ठाउमा बसेर रेडियो कार्यक्रम साझाबोली सुुन्ने र छलफल गर्ने र कसरी समाधानको उपाय निकाल्ने भन्ने बारे पृष्ठपोषण दिन सकिने साझा चौतारीको रुपमा श्रोता समुहको विकास हुुने र सबैको सल्लाह र सुुझाव अनुुसार स्थनीय तहमा काम गर्न सहज हुुने बताउनुभयो ।
बढैयाताल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष काजिमान सुुनारको प्रमुुख आतिथ्यतामा सो समुह गठन भएको थियो । वडाध्यक्ष काजिमान सुुनारले युुवाहरु सचेत र सजग भई आफनो क्षेत्रको विकासको लागि लाग्नुु पर्नेमा जोड दिनुुभयो साथै सुुशासन कायम गर्न युुवाहरुको प्रमुुख दायित्व रहेको बताउनुभयो ।