समुदायको सुशासन, जवाफदेहिता र पारदर्शिताको निगरानी गर्न रेडियो श्रोता समुह

Avg.Rating: 0

बर्दियाको जमुनीका युवाहरु रेडियो कार्यक्रम सुन्दै आफ्नो समुदायको सुशासन, जवाफदेहिता र पारदर्शिताको निगरानी गर्न एकजुट भएका छन् । यिनै सवालहरुमा छलफल हुने रेडियो कार्यक्रमहरु सुनेर थाहा पाएको सुचना अनुसार आफ्नो गाउँघरमा सेवा प्रदान गर्ने सार्वजनिक सेवाप्रदायक निकायहरुको पारदर्शिता एवं जवाफदेहिता खोज्दै सार्वजनिक सेवाको निगरानीमा युवाहरु यसरी एकजुट हुन थालका हुन् ।

पारस्परिक जवाफदेहिता परियोजनाको सहयोगमा बढैयाताल गाँउपालिका वडा नम्बर २ जमुनीका युवाहरुले बागेश्वरी रेडियो श्रोता समुह गठन गरि यसै अन्तर्गत उत्पादित रेडियो कार्यक्रम साझाबोली एवं साथीसंग मनका कुरा सुन्दै सुुशासन र जवाफदेहिता अभिवृद्धि गर्न हालै हरिकला सुुनारको अध्यक्षतामा १६ सदस्यीय रेडियो श्रोता समुह गठन गरेका छन् । युएसआईडिको आर्थिक सहयोगमा संचालित यो परियोजनामा एफएचआई ३६०, ईक्वेल एक्सेस तथा आईसिएनएलका साथै स्थानिय साझेदार संस्थाको रुपमा सुचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज बाँकेले श्रोता समुहलाई प्राविधिक शिप र ज्ञान उपलब्ध गराएका छन् ।  श्रोता समुहको उपाध्यक्षमा मैसरा थापा क्षेत्री, सचिवमा तारा बिसी र सहजकर्तामा रिता बिक हुनुहुन्छ ।

समुह गठन कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना र समुुहको काम कर्तब्य बारे सुचना र मानबअधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोमबहादुर गुरुङ र सामुुदायिक सञ्चारकर्मी अनोज थारुले जानकारी गराउनु भएको थियो । रेडियो श्रोता समुुह गठन हुुदाँ स्थानीय तहका काम कर्तब्य र सार्वजनिक सरोकारका विषयमा सवाल उठाउन सजिलो हुुने सहजकर्ता रिता बिकले बताउनुभयो ।

नवगठित समुुहका अध्यक्ष हरिकला सुुनारले रेडियो कार्यक्रम साझाबोली समुहमा नै बसेर सुन्ने, स्थानीय समस्याबारे छलफल गर्ने र समाधानको उपाय निकाल्ने नै समुहको मुख्य उदेश्य रहने बताउनुभयो । 

श्रोता समुह गठन कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं.२ का वडाध्यक्ष काजिमान सुुनारले युुवाहरु सचेत र सजग भई आफनो क्षेत्रको विकासको लागि लाग्नुुपर्ने कुरामा जोड दिँदै सुुशासन कायम गर्न युुवाहरुको प्रमुुख दायित्व रहने बताउनुभयो । बर्दियामा बढैयाताल गाँउपालिकाको वडा नं १, २ र ६ मा गरी अहिलेसम्म ३ वटा रेडियो श्रोता समूह गठन भैसकेका छन् ।

सामुदायिक संचारकर्मी अनोज थारुबाट