निर्वाचित जनप्रतिनिधि आएपछि गाउँघरमा १ वर्षमा कति विकास भयो त?

Avg.Rating: 0

सपना सिंह । स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बितेको छ । जनप्रतिनिधि आएसँगै विकासले गति लिने आशा राखेका स्थानीयहरु अहिले निराश हुन थालेका छन । केन्द्र सरकार मात्रै हुदाँ देशको समान विकास नभएको कूराले खुबै चर्चा पाउन्थ्यो तर अहिले पनि विकासले भने गति लिएको छैन । १ वर्षको अवधिमा सडक निर्माण गरिनु भन्दा अरु कुनै पनि विकासका पूर्वाधारहरु बनेको देखिदैँन । चुनावको बेला ठूल ठूला विकासका सपना बाड्दैँ हिडेका जनप्रतिनिधि अहिले विजयी भएर स्थानीय तहमा पुगेपछि आम सर्वसाधारणका पिर मर्का बिर्सिदैँ गएका छन । स्थानीयहरुको आवश्यकता भन्दा पनि जनप्रतिनिधि आफूलाई ठिक लाग्ने काममा व्यस्त छन । अब यसरि नै त बित्ने होला बाँकि ४ वर्षपनि ।
अस्ति भर्खर मात्रै मुलुकका सात सय ५३ वटै स्थानीय तहहरुले तीन खर्बको बजेट गाउँ तथा नगरसभामा पेश गराएका छन । सबैको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण छ । बजेट पचाउने काम मात्रै नगरेर जनतालाई अनुभुति हुने खाले काम गर्नु जनप्रतिनिधिको कर्तव्य हो ।
स्थानीय सरकारको राम्रो पद्धति विकास गर्नेभन्दा प्रमुख–उपप्रमुखहरू आफ्नो स्वार्थका काममा बजेट, आर्थिक सहायता वितरण र बिल भर्पाइमै अल्झिएका छन । ६ महानगर, ११ उप–महानगर, २ सय ७६ नगर र ४ सय ६० गाउँपालिकासहित देशभरका ७ सय ५३ स्थानीय सरकारमध्ये १८ तहमा मात्र महिला प्रमुख छन । उप–प्रमुखमा भने ९० प्रतिशतभन्दा धेरै महिला छन । महिलाहरु उप–प्रमुख पदमा नै सिमीत भएर नि हुन सक्छ, महिलाको क्षमता अभिवृद्धि र उनीहरुलाई सीपमुलक तालिम प्रदान गर्नका लागि उप–प्रमुखहरुले मात्रै एकल निर्णय गर्न सकिरहेका छैनन् ।
बजेटमा उल्लेख गरिए झैँ खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा, यातायातको दिगो विकासमा जनप्रतिनिधिको ध्यान जाओस् ।