महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागी स्थानीय सरकार प्रतिबद्ध

Jul 9, 2019

रजनी योगी
असार २४, बाँके
महिला र बालिकाविवाह विरुद्ध हुने हिंसा अन्त्यका लागी गाउँगाउँबाटै स्थानीय सरकारले प्रतिबद्धता जनाईएको छ । महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागी सचेतना फैलाउन सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल ) र अक्सफाम नेपालको साझेदारीमा संचालन भएको महिला र बालिकाविरुद्धहुने हिंसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं.५,६ र ७ र डुडुवा गाउँपालिको वडा नं.१,२,४ र ५ मा १७ वटा सामुदायिक छलफल केन्द्रको नेतृत्वमा र प्रहरी, शिक्षक, वडाकार्यालय, स्वास्थ्य स्वयमसेविका, सहजकर्ताहरुको सक्रियतामा कार्यक्रम सन्चालनभईरहेको स्याक नेपालका परियोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिनुभयो् । राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,को वडाअध्यक्ष झगरु थारुले हस्ताक्षर गर्दै महिला र बालिका माथि हुने हिंसा न्यूनिकरणको लागि गाउँ, टोल,समुदाय र ,सबै जनामिलेर अभियानमा सरिक हुुनु पर्नेमाजोड दिनुभयो ।


राप्ती सोनारी गाउँपालिकाको वडा नं.७,को वडा सदस्य इलाही गद्धिले मधेशी तथा मुस्लिम समुदायका घर भित्रबाट बाहिर नआउने हिंसा प्रभावित तथा वालविवाह गर्ने महिलाहरु पनि महिलाहिंसा र वालविवाहको बारेमा जानकारी राख्नु पर्नेमा जोड दिनुभयो । राप्ती सोनारी गाउँपालिकाको वडा नं.६ सिद्धेश्वर मा.वि.सिधनवाँका मा.वि. शिक्षक दिर्घराज बजगाईले घरदैलो हस्ताक्षर अभियान कार्यक्रम प्रभाबकारी बनाउनु पर्ने र स्थानिय सरकार तथा सरोकारवाला सँग मिलेर वालविवाह र महिला हिंसा गर्नेलाई गाउँपालिकाले नीतिबनाउनु पर्ने बताउनुभयो । साथै यदि कसैले उमेर नपुगेर बालविवाह गरेमा छात्रबृतिबाट बंचित गराउने र वडाकार्यालयले विवाहदर्ता नगरी दिने भएमा बालविवाह र महिला हिंसा कमहुने बताउनु भयो । डुडुवागाउँपालिकाको वडा नं.१ काप्रहरी निरिक्षक राजेन्द्र नेपालीले घरदैलो हस्ताक्षर गर्दै महिलाहिँसाकम गराउनको लागी कम उमेरमा विवाहगर्न बाट रोक्ने र जाँड रक्सीको रोकथाम गरेपछि हिंसा कमगर्न सकिने भनेर बताउनु भयो ।


४५ वटा सामुदायिक छलफलको नेतृत्वमा तथा प्रहरी ,शिक्षक, स्वास्थ्य स्वयम सेविका,सहजकर्ता,वडाकार्यालय, सामाजिक परिचालक र महिला र बालिकाविरुद्धहुने हिंसा अन्त्यका अभियान कार्यक्रमका कर्मचारीहरुको सक्रियतामा १,४०० जनाअभियानकर्ताहरुको सकृयतामा ७,००० जनाको हस्ताक्षर संकलन तथा प्रतिबद्धताभएको स्याक नेपालको महिला र बालिकाविरुद्धहुने हिंसा अन्त्यका अभियानकार्यक्रमका परियोजना संयोजक रामकुमारी चौधरीले जानकारी दिनुभयो् । महिला र बालिकामाथि हुने हिंसा अन्त्य का लागी सचेतना फैलाउनको लागी डुडुवा गाउँपालिको वडा नं.१,२,४ र ५ र राप्ती सोनारी गाउँपालिकाको वडा नं. ५,६ र ७ मा ४५ वटा टोलमा घरदैलो हस्ताक्षर संकलन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको स्याक नेपालका कृष्णगिरीले जानकारी दिनुभयो ।