स्थानीय तहमा सार्वजनिक सेवा र श्रोतको निगरानी एवं आपसी हितका सवाल उठाउन पत्रकारलाई तालिम

पारस्परिक जवाफदेहिताका लागि सार्वजनिक हितका विषयको उठान गर्न सक्ने दक्ष पत्रकार तयार पार्ने उद्देश्यले देशभरका विभिन्न जिल्लाका ८० जना पत्रकार तथा सञ्चारकर्मीलाई तालिम दिइएको छ ।

चार चरणमा गरी ८० जना पत्रकारलाई पैरवी, अनुगमन/निगरानी तालिम र खोजी पत्रकारिता तालिम दिइएको हो । स्थानीय तहसंग र नागरिक समाजसंग समन्वय गर्दै स्वास्थ्य, शिक्षा, कृषि एवं विपद् जोखिम न्यूनिकरण गरी चार प्रकारका प्राथमिक विषयगत क्षेत्रमा सरकारी नीति, नियम अनुसारको नागरिक सेवा प्राप्त गर्न सफल बनाउन सहयोग गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग तथा एफएचआइ ३६०, आईसिएनएल र इक्वेल एक्सेसको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रम मार्फत चार चरणमा ३४ जिल्लाका ८० जना पत्रकारलाई तालीम दिइएको वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिइन् ।

तालीमको अन्तिम चरण यहि असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भयो । पाँचदिने पैरवी पत्रकारिता तालिममा भूकम्प अतिप्रभावित १४ र पारस्परिक जवाफदेहिता कार्यक्रम लागू भएका पश्चिम नेपालका जिल्लाका गरी १८ पत्रकारको सहभागिता थियो । ६२ पत्रकारलाई यसअघि नै तालिम दिइएको थियो ।

पारस्परिक जवाफदेहिता कार्यक्रम देशभरका ३४ जिल्लामा सञ्चालन भइरहेको छ । सन् २०१६ बाट शुरु भएको यो परियोजना २०२१ सम्म सञ्चालन हुने उनले जानकारी दिईन् । सार्वजनिक हित र चासोको विषयमा सुशासन प्रवर्द्धनका लागि सञ्चार क्षेत्रको सहभागिता गराउन इक्वेल एक्सेसले सञ्चारकर्मीलाई पैरवी, अनुगमन तथा निगरानी तालिमको आयोजना गरेको हो ।

पाँचदिने पैरवी पत्रकारिता तालिममा सुशासन, निगरानी तथा पैरवीको आधारभूत अवधारणा र महत्व तथा स्थानीय शासन सुधारका लागि हुने पैरवीका बारेमा प्रशिक्षण दिइएको थियो । सार्वजनिक हित निगरानीमा सञ्चार माध्यमको भूमिकाका साथै पैरवी आवश्यक भएका स्थानीय समुदायका मुद्दालाई उठाउने तरीका पनि तालिममा सिकाइयो ।

इक्वेल एक्सेस इन्टरनेशनलका सुशासन निर्देशक डा. निर्मल रिजाल, सूचना आयुक्त यशोदा तिम्सिना, गैसस महासंघका केन्द्रिय सदस्य मिलन धरेल, पारस्परिक जवाफदेहिता कार्यक्रमका सुशासन विज्ञ प्रणव भट्टराई, इक्वेल एक्सेसका बरिष्ठ संचार व्यवस्थापक प्रकाश लामिछाने र बरिष्ठ सञ्चार अधिकृत कमला पोखरेल लगायतले तालिमको सहजीकरण गरेका थिए ।

Member Comment
Kamala Pokharel
तालीमकाे सुचनाका लागि धन्यबाद् ।
2 months ago
Purna prasad Mishra
dhanyabad madum
2 months ago