गाउँपालीकालाई पर्यटन केन्द्र बनाउन रचनात्मक पैरवी

Feb 11, 2019

सीता न्यौपाने,
ललितपुर
माघ २५ गते ।

ललितपुरको दक्षिणी भेगमा अवस्थीत कोन्ज्योसोम गाउँपालिका नेपालकै एक सुन्दर प्राकृतिक छटाले भरिपुर्ण गाउँपालिका हो । यस क्षेत्रमा नल्लुको पाथीभरा,शंखुको कृष्ण प्रणामी मन्दिर,भारदेउको शान्ति बाटिका,थानपति गुफा,सिद्ध गुफा जस्ता महत्वपुर्ण धार्मीक तिर्थ स्थल यस क्षेत्रमा रहेका छन् ।साँस्कृतिक रुपमा समेत महत्वपुर्ण रहेको यस क्षेत्रमा विभिन्न जातजाती भाषाभाषी को बसोबास रहेको छ र तिनिहरु बिच रहेको धार्मीक सामाजीक सहिष्णुताले यस क्षेत्रलाइ अझ बढि सुन्दर बनाएको छ ।
यसरी पाकृतिक ,सामाजिक,सांस्कृतिक रुपले महत्वपुर्ण गाउँपालिकालाई पर्यटकिय क्षेत्र घोषणा गरि सो क्षेत्रका मानिसको जिवनस्तर उकास्न महत्वपुर्ण योगदान पुुर्याउने उदेश्यले पारस्पिरिक जवाफदेहीता परियोजना अन्तर्गतको जिल्ला साझेदार संस्था ईह्रिकनले कोन्ज्योसोम गाउँपालिकालाई पर्यटन केन्द्र बनाउन शुक्रबार रचनात्मक पैरवी सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गोपिलाल स्याङ्गतानको अध्यक्षतामा नागरिक समाजका प्रतिनिधि स्थानिय तहका जनप्रतिनिधि ,स्थानिय नागरिक समेतको सहभागितामा सम्पन्न पैरवी कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष स्याङ्गतानले आफुले जे बोल्छु त्यो पुरा गर्ने आश्वस्त पार्दै कोन्ज्योसोम गाउँपालीकालाई ७५३ स्थानिय तह मध्यकै उत्कृष्ट स्थानिय तह बनाउने पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्न आँफुले महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।