रेडक्रसद्धारा सुनकोशी र चम्पादेवी गाउँपालिकालाई गैह्रखाद्य सामाग्री वितरण ।।

May 18, 2020

सरस्वती बानिया,
जेठ ५ ओखलढुंगा ।

ओखलढुंगामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाले २ गाउँपालिकालाई गैह्रखाद्य सामाग्री वितरण गरेको छ । आईतवार सुनकोशी र चम्पादेवी गाउँपालिकालाई पालिकामै पुगेर गैरखाद्य सामाग्री वितरण गरिएको रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुंगाका सभापति सुमनराज भण्डारीले जानकारी दिनुभयो । नेपालमा कोरोना भाईरसको संक्रमण बढ्दै गएको अवस्थामा पालिकाहरुलाई क्वारेन्टाईन केन्द्र स्थापना गर्न आवश्यक सामाग्री वितरण गरिएको बताउनुभएको छ ।
सभापति राजभण्डारीका अनुसार २ वटै गाउँपालिकालाई संयुक्त रुपमा १० थान कम्बल, २० थान भाडा सेट, २० लिटरको १० थान र १० लिटरको १० थान गरि २० थान बाल्टिन वितरण गरिएको छ । यस्तै प्लाष्टिक ड्रम २ वटा, स्टेचर १ थान, हातधुने साबुन, कटन र सुतीको कपडा र नाईलन कपडा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।


कोरोना भाईरसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले विपदको पुर्व तयारीको लागि उक्त गैह्रखाद्य सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो । विपदको समयमा सहयोग गरेको भन्दै गाउँपालिका प्रमुखहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा परिवारलाई धन्यवाद दिएका छन् ।