गाउँपालिकाले गर्यो सामुदायिक स्वास्थ्य इकाइ स्थापना ।

पुस २७ , डडेल्धुरा
डडेल्धुराको अजयमेरु गाउँपालिका–२ को रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ । दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने गाउँपालिकाको नीति अनुरुप रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले स्वास्थ्य इकाइको उद्घघाटन गरेका हुन्। स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उदेश्यले रोल्लीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको अध्यक्ष भट्टले बताएका छन् । गाउँपालिकाको नीति अनुरुप स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका बस्ती तथा समुदायलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिरहेको उनको भनाइ छ । सामान्य बिरामी हुँदा पनि घण्टौं हिँड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि स्थानीय बासी खुशी भएका छन् ।