देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च

Dec 2, 2019

तपेन्द्र कुँवर, मंसिर १६ अछाम
तिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढ्दै गएको छ। देउसी–भैलो खेलेर बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएकोमा पछिल्लो समयमा उक्त रकम विद्यालयमा सौर्य बत्ति जडान, विद्यालयलाई सहयोग तथा बालगृहलाई सहयोग गरिएको छ। यस्तै, तिहारको अवसरमा साँफेबगर नगरस्तरिय युवा सञ्जाल, आरटीआई र रेडियो श्रोता क्लबले देउसी भैलोबाट संकलित आठ हजार मुल्य वरावरका जुता मोजा साँफेबगर नगरपालिका वडा नं.८ चण्डिमास्थित महेन्द्र माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई हस्तान्तरण गरेको छ ।

     

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले १६ जोड जुतामोजा फरक क्षमता भएका विद्यार्थीलाई हस्तान्तरण गर्नुभयो । जुता हस्तान्तरण कार्यक्रममा वोल्दै नगर प्रमुख कुँवरले फजुल रुपमा हुँदै आएको खर्च सामाजिक क्षेत्रमा खर्च गरेर रकमको सदुपयोग गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई चाहिने अन्य सामग्री नगरपालिकाले सहयोग गर्ने जानकारी गराउनुभयो । यस्तै युवा सञ्जाललाई नगरमा रगतको अभाव भएका कारण रगतदान गर्न आग्रह गर्नुभयो ।

देउसी–भैली खेलेको रकमबाट भोज लगायत अन्य फजुल खर्च गर्ने हुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा सञ्जालले सामाजिक क्षेत्रमा खर्च गरेकोमा साँफेबगर नगरपालिका वडा नं.६ भाग्यश्वरका अध्यक्ष प्रेमराज शर्माले आयोजकको प्रसंसा गर्नुभयो । परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम हुने वडा नं.८ का अध्यक्ष टंक कुँवरले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा सञ्जालले महेन्द्र माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई जोतामोजा सहयोग गर्ने काम स्वागत योग्य भएको बताउनुभयो । साँफेबगर नगरस्तरिय युवा सञ्जाका अध्यक्ष पूजा वुढाले देउसी–भैलो खेलेर उठेको रकम खानपिनमा खर्चेर दुरूपयोग हुने गरेको आएमा सञ्जालले उक्त रकम सामाजिक कार्यमा खर्च गरेको बताउनुभयो । आगामि दिनमा पनि सामाजिक क्षेत्रमा सञ्जालले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा साँफेबगर शिक्षा शाखाका प्रमुख नरबहादुर काक्री, श्रोत व्यक्ति हरिप्रसाद जोशी, रेडियो जनप्रिय एफएमका स्टेशन म्यानेजर तपेन्द्र कुँवरले देउसी–भैलो खेलेर उठेको रकमलाई सामाजिक सेवामा लगाउनु उदाहरणीय कार्य भएको बताए । विद्यालय निमत्त प्रअ पूर्ण कुमार रावलको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचालन आरटीआई साफेबगरका संयोजक वैजन्ति कुँवरले गर्नुभएको थियो ।