गाउँपालिकामा २० जना महिलालाइ उद्यमशिलता तालिम ।

पुस २३ ,डडेल्धुरा
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा संचालन भएको १० दिने उद्यमशिलता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय डडेल्धुराको आयोजनामा संचालन उक्त तालिम बुधवार समापन भएको हो ।

महिला एवं दलित लक्षित वर्गको उत्थान गर्ने उदेश्यले तालिम संचालन गरिएको थियो। तालिममा कुन उद्योग गर्दा बढी मुनाफा लिन सकिन्छ, यातायातको पहुँच छ कि छैन, यातायातको आवश्यकता हुन्छ की हुँदैन जस्ता कुराको पनि ध्यान राख्नुपर्ने कुराको समेत जानकारी गराइएको थियो ।समापन कार्यक्रमका प्रमुख अथिति अजयमेरु गाउँपालिका–१ का वडाअध्यक्ष दत्तीसिंह भण्डारीले नेपाल सरकारले लगानी लगाइ दिएको तालिममा सिकेको कुरालाई व्यवहारमा ल्याउन सहभागिहरूलाई आग्रह गर्नु भयो । लघुउद्यम विकास अधिकृत बलराम शर्माले सहभागिहरुलाई उद्यमी बनेर आत्मनिर्भर बन्नका लागि आग्रह गर्नु भयो ।
उनले तालिम मात्रै लिने नभइ तालिममा सिकेको कुरालाई अनुसरण गरेर जीविकोपार्जन गर्नका लागि उद्योग संचालन गर्नका लागि अग्रसर भएमात्रै सरकारको लगानी सार्थकता हुने धारणा राख्नु भयो ।
समापन कार्यक्रमका अध्यक्ष एवं घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव भण्डारीले सहभागिहरूले उद्यमी बन्न चाहेमा आफू जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।