वैतेश्वर गाउँपालिकाका ३११ जना व्यक्तिलाई अपाङगता परिचय पत्र वितरण

भदौ १९

गाउँपालिकाले पालिकाका सबै वडाहरुमा घुम्ती शिवरको आयोजना गरि अपाङगता भएका व्यक्तिहरुको पहिचान गर्दै ३ सय ११ जनालाई अपाङगता परिचय पत्र वितरण गरिएको गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यले जानकारी दिनुभयो । उपप्रमुख आचार्यका अनुसार पालिका भित्रका सवै वडाहरुबाट क वर्गको ३९ जना, ख वर्गको ८५ जना, ग वर्गको १ सय ६ जना र घ वर्गको ८१ जनालाई परिचय पत्र वितरण गरिएको हो । गाँउपालिकाको प्रत्येक वडामा अपाङ्गता परिचय पत्र लिन छुट भएका व्यक्तिहरुलाई पुनः आईतबार परिचयपत्र वितरण गरिएको छ ।

 

बैतेश्वर गाँउपालिका अपाङ्गता परिचय व्यवस्थापन समितिको आयोजनामा एक दिने शिविर संञ्चालन गरी यस अघि परिचयपत्र लिन छुट भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । यस अघि अन्य स्थानबाट परिचय पत्र लिनुभएका व्यक्तिहरुले पालिकाबाट पाउने सेवा सुविधाहरु नपाउने भएकाले पालिका बाट नै परिचय पत्र लिनुहुन सबैलाई पालिकाले आवहान गरेको छ । आईतबार पनि परिचय पत्र लिन छुटेका व्यक्तिहरुका लागि गाँउपालिकाले पुनः ६ महिना पछि शिविर संञ्चालन गर्ने जनाएको छ ।