सडक निर्माण अधुराे हुँदा स्थानिय नागरिक जाेखिममा

Jun 17, 2020

वीरेन्द्र शाह असार ०३ सुखड


बर्षाद शुरु नहुदै कैलालीको जोशीपुर गाउँपालिका भित्रका ग्रामिण सडकहरु हिलाम्मे हुँदा स्थानियहरुले सास्ति खेपिरहेका छन् । दैनिक रुपमा ओहोर दोहोर गर्ने सडकहरु सामान्य बर्षादको पानीले हिलाम्मे हुँदा सडक खण्डको अवस्था अत्यन्त दयनिय देखिएका छन् । वडा नम्बर ७ भगतपुर देखी वडा नम्बर ६ लोखरी रतनपुर हुदै घोडाघोडी नगरपालिका जोड्ने मुख्य सडकमा साना, ठूला खाल्डा हुँदा स्थानियहरुले सास्ति खेपिरहेका छन् । उक्त सडक जीर्ण बन्दै जादाँ दुर्घटना निम्ति सम्भावना रहेको छ । स्थानीयबासीहरुले समेत यो सडकमा हिड्न लाज मान्न थालेको भएपनि सरकार र सरकारका प्रतिनिधीलाई भने कुनै चासो नदिएको देखिएको छ । सडकको अवस्था कहाली लाग्दा भई सक्दा पनि मर्मत संभार हुन सकेको छैन । कात्तिक महिना देखि उक्त सडक खण्ड दिनानु दिन बिग्रीदै गएको हो । सडक साना, ठूला खाल्डा हुँदा आफुहरुलाई ओहोर दोहोर गर्न निकै सास्ती हुने गरेको स्थानिय बासीहरुको भनाई छ ।

स्थानिय सरकारलाई बाटो ममर्त गर्न आग्रह गर्दा समेत सरकारले कुनै सुनवाई नगरेको सोही ठाउँका राजु बुढाको भनाइ छ । चाँडो भन्दा चाडो भगतपुर, लोखरी हुँदै रतनपुर जोड्ने सडक खण्ड मर्मत सम्भार हुने पर्ने उनको माग छ । केही वर्ष पहिला भगतपुर, लोखरी हुदै रतनपुर सम्म जोड्ने सडक खण्डमा ग्राबिल भए पनि स्थानिय सरकार आए पछि सडकको स्तर उन्नती हुन सकेको छैन । सडकको स्तर उन्नती नहुँदा उक्त सडकमा साना, ठूला खाल्डा परेका छन् । सडकमा साना, ठूला खाल्डा हुँदा स्थानियहरु हिड्न समेत असहज भएको सोही ठाउँका अर्का स्थानियबासी अमित चौधरीको भनाई छ । २४ घण्टा उक्त सडकमा स्थानियहरु ओहोर दोहोर गर्ने गरेका छन् । बर्षाद नहुँदै सडक हिलाम्मे भएको छ । बर्षायाम सुरु भए पछि सडकमा हिडडुल धेरै गाह्रो हुने उनको भनाई छ । सरकारका धेरै प्रतिनिधीहरु यो सडकमा नहिड्ने पनि होईनन् तर किन यो सडकको समस्या हल गर्ने प्रयास समेत गरिएको छैन । यो सडकमा ठुला सवारी त परको कुरा हो, सामान्य साईकल र मोटरसाईकल समेत चल्न सक्ने अवस्था छैन । साना, ठूला खाल्डा परेको सडक वडा नम्बर ६ का वडा अध्यक्ष नत्थु प्रसाद डगौराको गाउँ भित्र पर्छ । वडा अध्यक्ष त्यही बाटो ओहोरदोहोर गर्दे गाउँपालिकाको कार्यालयमा जाने गरेको छन् ।

गाउँको मुख्य सडक खण्डको अवस्था नाजुक भई सक्दा समेत उनको ध्यान पुग्न सकेको छैन । तर आफुले भने सडक मर्मतको लागी पहल गरीरहेको दाबी गरेको छन् । वडामा बजेट नहुँदा मर्मत गर्न समस्या भएको उनले बताए । उक्त सडकको अवस्था आफुले बुझेको र जसरी भए पनि सडकको मर्मत गर्ने उनले वडा अध्यक्ष नत्थु प्रसाद डगौराले बताए ।जोशीपुर गाउँपालिका भित्रका अधिकाशं सडकहरु मर्मत सम्भार नहुदा स्थानियहरुले सास्ति खेपीरहेका छन् । त्यही बाटोमा ओहोर दोहोर गर्न जनप्रतिनिधिहरुलाई लाज लाग्नु पर्ने हो । जनताका अति आवश्यक समस्या समाधान तर्फ पनि ध्यान नदिने सरकारको चर्को आलोचना समेत बढ्न थालेको छ । कानुन संसोधन गरेरै भएपनि आफनो सेवा सुबिधा बढाउने जनप्रतिनिधीहरुको ध्यान यो सडकको समस्या समाधान गर्न तर्फ गएको छैन । वडा नम्बर ७ भगतपुरदेखी लोखरीको सिमानासम्म सडकको मर्मत सम्भार भए पनि लोखरी हुँदै रतनपुर जोड्न् सडकको मर्मत हुने सकेको छैन ।

जोशीपुर गाउँपालिका उपाअध्यक्ष गिता कठरीयाले उक्त सडकको प्राबिधिक र आफु गएर सडकको अनुगमन गर्ने र लागत अनुमान तयार गरेर सडक मर्मत हुने प्रतिबद्धता गर्नु भएको छ । कुनै योजनाको रकम कतौटि गरेर भए पनि सडकको मर्मत सम्भार हुने उनको भनाई छ । जनताको सेवा गर्नु भनेर चुनाब जितेर सरकारमा पुगेका जनप्रतिनिधिहरु जनताको सेवा भन्दा पनि आफ्नो सेवा सुबिधा बढाउनमा लिप्त रहेको छन् । जनताको नजिकको सरकार भनेर स्थानिय सरकार भन्ने गरीन्छ तर पनि स्थानिय सरकारले जनताको गुनासोलाई सुनेको देखिदैन । चुनावको बेला भोट्माग्दै घर दैलो चाहार्ने प्रतिनिधीहरु अब जनताका समस्या बुझ्न गाउँ टोलमा कहिले आउने होलान् ? आफनो सेवा सुबिधा बढाउन मात्र हैन घर दैलोमा आएर जनप्रतिनिधिहरुले स्थानियहरुको समस्या सुन्ने र समाधान पनि गर्नु पर्छ । अनि मात्र स्थानिय नागरीकहरुले स्थानिय सरकार आएको महसुस गर्ने छन् ।