महिलाको लागी निःशुल्क प्रजनन स्वास्थ्य शिविर

ममता भट्ट
असार २१, डडेल्धुरा 

डडेल्धुराको अजैमेरु गाउँपालिकामा एक दिने महिला प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । अजैमेरु गाँउपालिका डडेल्धुराको आयोजनामा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट दुइ सय बिस जनाले स्वास्थ्य सेवा लिएका छन ।
शनिबार गाउँपालिकाको देवल स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा डडेल्धुरा अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर नवराज जोशी सहितको टोलीले अजैमेरु गाँउपालिका ५ र ६का महिलाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा दिएको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष कलावती भाणले जानकारी दिनुभयो ।

डडेल्धुरा अष्पताल डडेल्धुराको समन्वयमा गरिएको शिविरमा स्थानीय जानकी सार्किले खुलेर आफ्ना समस्या राख्न पाएकोमा खुशी व्यक्त गरेका छन । उनले आफूलाई लामो समयदेखि पेट दुख्ने समस्या रहेको भन्दै आफ्नै घर आँगनमा डाक्टर आई आफूलाई निःशुल्क औषधिसमेत दिएको भन्दै खुशी व्यक्त गरेका छन ।

सो शिविरमा उनी जस्तै दुई सय बिस जनाले स्वास्थ्य सेवा लिएको स्त्रीरोग विशेषज्ञ डा. नब राज जोसिले जानकारी दिनु भयो । शिविरमा उपचार गराएकामध्ये धेरैमा पाठेघरमा समस्या भएका महिला रहेको पनि डा जोसिले बताउनु भयो ।  स्वास्थ शिविरको उद्घाटन गर्दै अजैमेरु गाउँपालिका उपप्रमुख कलावति भाणले अबदेखि अजैमेरु गाउँपालिकाले औषधि उपचारको अभावमा ज्यान गुमाउन नपर्ने गरी आफूहरुले काम थालिसकेको बताएका छन ।