सुनकोशी गाउँपालिकामा सार्बजनिक सुनुवाई

कमल सरला सुनुवार 

जेठ २७, सिन्धुली

सुनकोशी गाउँपालिका सिन्धुलीले आर्थिक बर्ष २०७५/०७६ को सार्बजनिक सुनुवाई कार्यक्रम वडावडामा  गरेको छ । गाउँपालिका तथा मातहतको वडा कार्यलयहरुबाट प्रवाह गरिने वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्नका लागी वडा वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

आईताबार गाउँपालिका ६ को वडा कार्यलयमा सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद तिमल्सिनाको अध्यक्षता तथा गाउँपालिका प्रमुख दिपा बोहोरा,उपप्रमुख दिर्ब बहादुर मोक्तान,प्रशासकिय अधिकृत विकाश सुन्दास,गाउँपालिकाका विषयगत शाखाका प्रमुख तथा तथा प्रतिनिधिहरुको उपस्थितीमा भएको कार्यक्रममा वडाबाट प्रबाह गरिने बस्तु तथा सेवा गुणस्तरका सवालमा आम नागरिकहरुले गुनासो तथा जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाईमा शितलपार्टी स्वास्थ्य चौकीका अनमी सुमित्रा श्रेष्ठले २४ सैँ घण्टा स्वास्थ चौकीले स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताउनु भयो । विजुली बत्तिको अभाव,औषधि उपकरणको अभाव लगाएतका समस्याले स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको उहाँले बताउनु भयो । यि विभिन्न उपकरण तथा सामाग्रीको वैकल्पिक व्यवस्थाको माग गदैँ उहाँले नर्सिंन  प्रोत्साहन भत्ता तथा अतिरिक्त सेवा सुविधा बढाईदिन पनि सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो ।

 

अनमी श्रेष्ठको जिज्ञासालाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख दिपा बोहोराले स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश दाहाललाई यि सबै समस्या समाधानका लागी निर्देशन दिईसकेको बताउनु भयो । उहाँले विजुली बत्तिको दिगो व्यवस्थापन र विस्तारका लागी काम भईरहेको बताउँदै स्वास्थ्यका क्षेत्रमा भएका समस्याहरुको निराकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा नागरिकहरुले २०७४/०७५ मा खानेपानीका लागी ४ लाख बजेट छुट्टाएको तर सम्पन्न नभएको,प्राथामिकताका आधारमा योजना छनोट नगरिएको,घरको ढल विपी राजमार्गमा हुँदै सुनकोशी नदीमा निकासी गर्दा नदी र राजमार्ग दुषित बन्दै गएको तर स्थानीय सरकार मौन बसेको, विपी राजमार्गमा दुर्घटना बढ्दै गएको तर स्थानीय सरकारले जेब्राक्रसिङ्गको समेत व्यवस्था गर्न नसकेकोमा गुनासो पोखेका थिए । उनिहरुले सामुदायीक विद्यालयहरुमा देखिएका समस्याहरुको समाधान गरी शैक्षिक गुण्स्तर कायम गर्न, खानेपानी, बिजुली सडक जस्ता आधारभुत आवश्यकता पुरा गर्न माग गदैँ आवश्यकताका आधारमा योजना बनाएर दिगो विकास गर्न सुझाव दिएका थिए ।

 

गाउँपालिका प्रमुख,उपप्रमुख,प्रशासकिय अधिकृत लगाएत विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुले नागरिकहरुको प्रश्न,सल्लाहा,सुझाव र गुनासोलाई सम्बोधन गदँै फोहोर व्यवस्थापनका लागी वडा नं ६ र ७ को विचमा डम्मपीङ्गसाईडको व्यवस्था गरिएको बताउँदै नागरिकले दिएको सल्लाहा सुझावको अनुसरण गदँै सभाबाट आवश्यक निर्णय गरेर गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा लागी पर्ने बताएका थिए । सुनकोशी गाउँपालिकाको  ५ नम्बर वडा देखि वाहेक १,२,३,४,र ६ ,७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।