मकवानपुरको मनहरीमा रेडियो श्रोता समुह गठन

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा रेडियो श्रोता समुह गठन गरिएको छ । पारस्परिक जवाफदेहिता अन्तर्गत सुशासन र पारस्परिक जवाफदेहिता सम्बन्धी छलफल हुने रेडियो कार्यक्रमहरु साझाबोली र साथीसंग मनका कुरा सुन्न अनि सुनेका कुराहरु आफ्नो समुदायमा लागु गर्न रेडियो श्रोता समुह गठन गरिएको हो । युएसएआईडिको आर्थिक सहयोगमा संचालित पारस्परिक जवाफदेहिता परियोजनासंगको सहकार्यक्रमा डेभलवमेन्ट एक्सचेन्ज सेन्टर(डेक) नेपाल मकवानपुरको समन्वय र स्थानिय सक्रिय युवाहरुको पहलमा रेडियो श्रोता समुह गठन गरिएको हो ।

सुशासन, स्थानिय विकास, पारदार्शिता तथा एकआपसी जवादेहिताको बारेमा छलफल हुने रेडियो कार्यक्रम साझाबोली सुन्ने र छलफल गर्ने उद्देश्यले गठन गरिएको श्रोता समुहको संयोजकमा पानिमाया रानामगर हुनुहुन्छ । हाल १४ जना सदस्य रहेको र पछि आवश्यकता अनुसार अन्य सदस्यहरु थप्दै जाने योजना रहेको यो रेडियो श्रोता समुहमा स्थानिय चेपाङ्ग, दलित, राई तथा तामाङ्ग जातजातिका युवाहरु रहेका छन् ।

२५ जना स्थानिय युवाहरुको उपस्थितीमा भएको श्रोता समुह गठन कार्यक्रममा बोल्दै डेक नेपाल मकवानपुर जिल्ला संयोजक ज्योति बम्जनले श्रोता समुहका युवाहरुले आफ्नो समुदायको विकास र सेवा प्रदायक सरकारी निकायको सामाजिक जवाफदेहिताको निगरानी गर्दै रचनात्मक सहकार्य गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

सो अबसरमा समुहका संयोजक पानिमाया रानामगरले नियमीत रुपमा रेडियो कार्यक्रम सुनेर आफूहरुले पाउने सुचना र जानकारीले आउँदा दिनमा नयाँ परिवेशमा स्थानिय तहले के कस्तो सेवा दिईरहेको छ र सो सेवालाई अँझ प्रभावकारी बनाउन नागरिक समाजको भुमिका के हुनेछ भन्ने कुरा बुझ्न र सामाजिक निगरानी गर्न आफूहरुलाई झक्झक्याईरहने विश्वास ब्यक्त गर्नुभयो । 

सामुदायिक संचारकर्मी निर्जला पुलामीमगरबाट