गाउँपालिका द्धारा अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक

पुष २०, डडेल्धुरा
अजयमेरु गाउँपालिका भद्रपुर डडेल्धुराले अढाइ वर्षमा गरेका कामहरू सार्वजनिक गरेको छ । सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाले २०७४ असार १९ देखि २०७६ पुस १९ गतेसम्म गरेका कामहरू सार्वजनिक गरेको हो ।

अजयमेरु सरकार गठन भएपश्चात हालसम्म ५ वटा गाउँसभा तथा ७८ वटा कार्यपालिका बैठक सम्पन्न भएका छन् । साथै कार्यपालिका तथा गाउँसभाबाट ६५० भन्दा बढी निर्णयहरु तथा ५२ वटा ऐन, कानुन, कार्यविधि, तथा नियमावली पारति भइ कार्यान्वयनमा रहेका गाउँपालिकाले जनाएको छ।

अधिकांश गाउँटोलमा सडक
गाउँपालिकाले ढिमला भद्रपुर सडक ९विनय मार्ग०को चौडा विस्तार कार्य सम्पन्न गरेको छ। अनारखोली वझकोटखतेडा सडक ट्रयाक खोल्ने काम सम्पन्न भइ खतेडामा पहिलोपटक सडक संजालले जोडिएको छ।

अनारखोली देवल (पंकज मार्ग)को सडक जोडिएको तथा सुचारु भएको गाउँपालिकाले जनाएको छ। डडेल्धुरादेखि अजयमेरुकोट हुँदै भद्रपुर सडक जोडिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए।

अधिकांश गाउँ टोल सडक संजालले जोडी सकेकाछौ भने बाँकी सबै सडक आगामी आवमा जोड्ने लक्ष्य लिएका छौँ।’ उनले भने, ‘मालझुल–देवल सडक सुचारु गरिएको छ।’

दुई दशकदेखि प्रतिक्षारत अजयमेरु गाउँपालिकाका सबै वडाहरु जोड्ने उग्रतारा–मेलाौली सडक कालोपत्रेका लागि अथक प्रयास पश्चात संघीय सरकारको समपुरक अनुदान स्वीकृत गराउन सफल भएको उनले बताए।

६५ घरधुरीमा व्यवसायीक तरकारी खेती तालिम सम्पन्न ४१२ जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ। जनतालाई गाउँपालिका केन्द्रमा सहज पहुँचको लागि २ वटा जिप खरिद गरि संचालनमा ल्याएको समेत गाउँपालिका अध्यक्ष भट्टले बताए।

‘शिक्षा क्षेत्रमा आवश्यक सुधार तथा प्रभावकारी बनाउन सम्पुर्ण वडाहरुमा विद्यालयको नियमित अनुगमन गर्ने गरेका छौँ।’ उनले भने, ‘गाउँपालिका स्तरमा शिक्षा क्षेत्रमा एकारूपताका लागि गाउँपालिकाको अजयमेरु गाउँपालिका नामक छुट्टै शैक्षिक क्यालेण्डर प्रकाशनमा ल्याइएका छौँ।’

आवश्यक पूर्वाधार, विद्यार्थी संख्याका आधारमा २ वटा प्रावि विद्यालयहरुलाई माविमा मर्ज समेत गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयहरुमा शिक्षक दरबन्दी रिक्त रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले २८ जना स्वयमसेवक शिक्षक भर्ना गरेको छ।

शिक्षा क्षेत्रमा समयपालनाका निमित्त सम्पूर्ण अधारभूत विद्यालयमा ई–हाजिर जडान र भद्रपुर माविमा सिसिटिभी जडान गरिएको जनाइएको छ। विद्यार्थीहरुलाई आफ्नो स्थानीय तहमा बारेमा जानकारी गराउने उद्देश्यले कक्षा १ देखि ५ सम्म ‘हाम्रो अजयमेरु’ नामक स्थानीय पाठ्यक्रम निर्माण तथा निःशुल्क वितरण गरी पठनपाठन समेत भइरहेको गाउँपालिका अध्यक्ष भट्टले बताए।

गाउँपालिकाले नमूना कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र २ वटा तरकारी पकेट, २ वटा माहुरी पकेट र १ मसला पकेट क्षेत्र निर्माण गरी कार्यक्रम अगाडि बढाएको छ। साथै गाउँपालिकाले २ वटा बाख्रा स्रोत केन्द्र र २ वटा भैसी स्रोत केन्द्रको स्थापना गरेको छ।

अढाइ वर्षको अवधिमा गाउँपालिकाले गाउँपालिकाका विभिन्न स्थानहरूमा विभिन्न समयमा ५ पटक पशु स्वास्थ्य सेवा घुम्ती शिविर संचालन, गाउँपालिकाका विभिन्न स्थानमा ६ वटा डाले घाँस नर्सरी स्थापना गरेको छ।

युवा लक्षित स्वरोजगार बाख्रापालन कार्यकम्रबाट हालसम्म एक हजार युवा व्यवसायीलाई आधुनिक खोर निर्माण गराइ व्यवसायीक बाख्रापालनमा सहयोग गरेका समेत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए।

‘साविकका सम्पूर्ण स्वास्थ्य चौकीहरूमा ल्याव सेवा संचालनमा ल्याइएको छ।’ उनले भने, ‘स्वस्थ्य चौकीको पहुँचबाट टाढा रहेका २ स्थानमा सामुदायिक स्वास्थ्य एकाइ थप भइ संचालनमा ल्याएको छ र थप २ स्थानमा यही महिनाभित्र संचालनमा ल्याउने तयारीमा भइरहेको छ।’

‘अजयमेरु गाउँपालिकाको शान, स्वस्थ र सम्वृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने नाराअन्तर्गत स्वास्थ्य संस्थामा आउने बिरामीहरुको नङ काटिदिने र हात धोइदिने कार्यको थालनी गरिएको गाउँपालिका उपाध्यक्ष कलावती भाणले जानकारी दिइन्।

ई–हाजिरी जडान
युवा लक्षित कार्यक्रमबाट युवालाई हाउसवोयरिङ्ग, बासका सामान बनाउने तालिम, गलैचा बुन्ने तालिक जस्ता सीप विकासका तालिम संचाालन गरिएको समेत उनले बताइन्।

गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा इ– हाजिरी जडान गरिको उनले बताइन्। जनतालाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँचका लागि एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भवन निर्माण सम्पन्न हुने क्रममा रहेको जनाइएको छ।

गाउँपालिकाको पहलमा गाउँपालिका केन्द्रमा बैंक, प्रहरी चौकी, नेपाल टेलिकमको टावर, वन कार्यलय स्थापना भएका छन्। खानेपानीको चरम समस्यामा रहेका बस्तीमा खानेपानीको विस्तार गर्न गरिएकोसमेत गाउँपालिकाले जनाएको छ।

अजयमेरु गाउँपालिकाको प्रथम गाउँ सभाऐतिहासिक स्थल अजयमेरुकोटमा सम्पन्न गरी अजयमेरु कोटलाई नेपालको पर्यटकीय गन्तव्यमा समावेश गर्न सफल भएको गाउँपालिकाको दाबी छ।

खेल प्रशिक्षक नियुक्त
दीर्घ जीवनका लागि खेलकुद’ भन्ने मर्मलाई बुझी राष्ट्रिय खेलमैदानको रुपमा विकास गर्ने उदेश्यले अजयमेरु गाउँपालिकाको वडा नं।३ मा चन्वेताल राष्ट्रिय खेलमैदान निर्माण कार्य प्रारम्भ गरिएको जनाइएको छ।

खेल र खेलाडीलाई अनुशासित, व्यवस्थित, प्रभावकारी बनाउने सोचका साथ गाउँपालिका स्तरीय २ जना खेल प्रशिक्षक नियुक्त गरेको छ।