प्यूठानको सरुमारानी गाउँपालिका ५ मा रेडियो श्रोता समुह गठन

Feb 11, 2018

प्युठानको सरुमारानी गाउँपालिका ५ राङवाङमा लालिगुराँस रेडियो श्रोता समुह गठन भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रेशम सुनारको अध्यक्षतामा २० सदस्यीय समुह गठन भएको हो । समुहको उपाध्यक्ष लिला सुनार, सचिव नमकला राना, सह सचिव धर्मलाल पल्ली र कोषाध्यक्ष बेगम बहादुर राना लगायत सदस्य रहेका छन् । समुहको सहजकर्तामा द्रोर्ण बहादुर रानमगर छनोट हुनुभएको छ । समुहले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उत्पादित रेडियो कार्यक्रम साझाबोली सुनेर समुहमा छलफल गर्नेछन र आफ्नो योजना बनाउने छन् । नवगठित समुहको अध्यक्ष रेशम सुनारले आफुहरुले आफ्नो स्थानिय तहबाट पाउने सेवा सुविधा प्रभाकारी बनाउन समुह लागिपर्ने बताउनुभयो । 

सो समुहले आफ्नो स्थानिय तहबाट प्रदान हुने सेवा सुविधाको बारेमा जानकारी लिने, प्रभावकारी बनाउन सल्लाह सुझाव दिने काम गर्नेछ । साझाबोली रेडियो कार्यक्रम प्यूठानमा रेडियो कृपालुबाट हरेक आईतबार बेलुका साढे ६ बजे प्रशारण हुँदै आएको छ । युएसएआइडीको आर्थिक सहयोगमा संचालित पारस्परिक जवाफदेहिता परियोजना एफएचआई ३६०, इक्वेल एक्सेस र आईसिएनएलका साथमा स्थानिय तहमा हरप्लेसले संचालन गरिरहेको छ ।
कार्यक्रममा रेडियो कृपालुका स्टेशन म्यानेजर विजयसिंह भारतीले सो समुहले आफ्नो ठाउँमा सुशासन र जवाफदेहिता सहितको सेवा प्रवाहका लागि नागरीक समाजको भुमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभएको थियो । सो अवसरमा सामुदायिक संचारकर्मी शिवा रेग्मीले श्रोता समुह समुहको काम लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।

सामुदायिक संचारकर्मी शिवा रेग्मीबाट

 

Member Comment
Sarita Chalaune
good news
1 week ago