स्याउबारी लोकिल जुरेडुङ्गा हुँदै नौकुन्ड गोसाईकुण्ड सम्मको नयाँ बाटोको यात्र सफल,,

Aug 14, 2019

साउन 29 गते
नौकुन्ड समाजकल्याण तथा पर्यटन प्रबर्द्दन समाजको अध्यक्ष श्री यो राना तामाङ नेगी को नेतृत्वमा गोसाईकुण्ड तीर्थ स्थल सम्म जाने नयाँ बाटोको यात्र सफलता पूर्वक सम्पन्न भएको छ ।


उक्त यात्रामा काठमाडौें को टोखाका २५ जना तिर्थालु भक्तजनहरुको सहभागी रहेको थियो । यो यात्रा स्याउबारी लोकिल जुरेडुङ्गा हुँदै नौकुन्ड गोसाईकुण्ड सम्मको यात्रा गरिएको थियो। आन्तरिक या बाहिय पर्यटन को माध्यमबाट गाउ सामाज र राष्ट्रको समृद्धि को परिकल्पना गर्न सकिने भएकाले नौकुन्ड गा। पा। मा अवस्थित प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको जगेर्ना गर्नुका साथ साथै प्रबर्द्दन गरी पर्यटन प्रबर्द्दन गर्ने महान उद्देश्याकासाथ स्थापना भएको सो साँस्थाले भाबि दिनमा सम्बन्धित सम्पूर्ण सरोकार वालाहरुको सल्लाह सूझाब र सहयोगका साथ गाउ पालिकाका सम्पूर्ण भूगोललाई समेट्ने गरी पर्यटन प्रबर्द्दन गर्ने योजना रहेको यस संस्थाका अध्यक्ष तामाङले बताउनु भएको छ ।


एक सातामा २ हजार २ सय ३४ तीर्थयात्रीले गोसाईकुण्ड मेला भरेका छन् । जसमा धुन्चे हुँदै १ हजार ६ सय ९७ र सुन्दरीजल हुँदै ५ सय २७ तीर्थयात्री गोसाईकुण्ड पुगेका गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।