गाँउघर क्लिनिकालागी स्थानिय सरकारलाई श्रोता समुहको अनुरोध ।

ममता भट्ट ,माघ २९ ,डडेल्धुरा
आफ्नो वडामा स्वास्थ्य चौकि नभएकाले बिभिन्न किसमको स्वास्थ्य परीक्षण गर्नकोलागि स्वास्थचौकि तथा गाँउघर क्लिनिक भवननिर्माण गरीदिन वडा कार्यालय मार्फत स्थानिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । अमरगढि नगरपालिका वडा नम्बर ८ टाटरमा रहेको उग्रतारा रेडियो श्रोता समुहको मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो ।
पारस्परिक जवाफदेहिता परीयोजना द्धारा समुदायकोलागि संञ्चालित कार्यक्रम साझाँबोलिको आइतबार बजेको स्थानिय संस्करण कृषि अनुदान र बितरण प्रक्रियाको बारे कार्यक्रम सुनेर धेरैकुरा कृषि अनुदानको बारेमा जानकारी पाए पछी अब छिट्टै कृषी समुह गठन गरी कृषि बाट पाउने अनुदानमा पनि आफ्नो ससमुदायका नागरीकको पहुँच कृर्षि ज्ञान केन्द्र सम्म पुर्याउने समुहकि सयोजक लक्ष्मी गैरालले बताउनु भयो ।
यस्तै वडा नं ८ र ९ मा रहेका रेडियो श्रोता समुह र स्थानीय सभा बैठकमा उठेको सवाल माथी अनुसन्धान गर्दा नगरपालीकाका कुनै पनी वडा कार्यालयमा नागरीक बडापत्र नराखीएको पाइएको छ । स्थानीय सरकार निर्वाचीत भएको लगभग डेढ बर्ष बीत्दा पनी वडा कार्यालयमा नागरीक बडापत्र राखीएको छैन । साथै सम्पुर्ण वडा कार्यालयमा नागरीक वडापत्र राखी नागरीकलाई सहज तरीकाबाट सेवा लीने बातावरण मिलाइदिन समेत स्थानीयसभा तथा रेडियो श्रोता समुहका सदस्यहरुले आग्रह गरेका छन ।
पारस्परिक जवाफदेहिता परियोजनाको स्थानिय साझेदार संस्था संजीबनि नेपाल डडेल्धुराको सहजिकरणमा रेडियो श्रोता समुह गठन गरिएको हो । नागरिक समाज र सेवाप्रदायक सरकारी निकायबिचको पारस्परिक जवाफदेहितामा जोडदिँदै स्थानिय तहमा सुशासन, विकास र पारदर्शिता कायम गर्ने उदेश्य श्रोता समुहले लिएको छ ।
यूएसएआईडीको आर्थिक सहयोगमा एफएचआई ३६०, र ईक्वेल एक्सेसद्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजना डडेल्धुरा सहित देशभरका विभिन्न ३४ वटा जिल्लामा संचालित छ ।