अन्तर्राष्ट्रिय महिला दिवसमा रेडियो श्रोता समुहकाे सहभागिता

Mar 8, 2019

सुर्खेत, फागुन २४

आज १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस । सुर्खेत लगायत देशभर विभिन्न कार्यक्रमसहित मनाईयाे ।

सुर्खेतमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा यहाँ रहेका सक्रिय रेडियो श्रोता समुहरुले पनि सहभागिता जनाएका छन् ।

सुर्खेतकोे भरीगंगा नगरपालिका वडा नम्वर ११ र १३ मा रहेका शिखर रेडियो श्रोता समुह र चौतारी रेडियो श्रोता समुह र लेकवेशी ७ मा रहेको लेकवेशी रेडियो श्रोता समुहले सहकारी तथा संस्थाहरुले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिव्त गरेका हुन् । उनीहरु र्याली, महिला अधिकारसम्वन्धी लोक गीत तथा कुर्सी दौड प्रतियोगिताका समभागी भएका हुन । अब महिला घरको काममा मात्र नभई सामाजिक काममा पनि समभागी बन्नु पर्नेमा जनप्रतिनिधिले जोड दिएका थिए ।

पछिल्लो समय रडियो श्रोता समुहहरु आफैमा सक्रिय बन्न थालेपछि विभिन्न समामाजिक कामहरुमा पनि सहभागी भई समाज परिवर्तनका लागि जवाफदेहिता खोज्ने प्रयास गरेका छन् ।

महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको हो ।  १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो, जुन गे्रगरियन क्यालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तर्राष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।