हिउँदे झरीले किसान खुुसी


आकाशे पानीको भरमा तरकारी खेती,फलफुल खेती गर्दै आएका बसेका रामेछापका किसानलाई यस पटकको हिउदे बर्षाले निकै ठूलो राहत मिलेको छ । लगातार ३ तीन परेको बर्ष र जिल्लाको उच्च पहाडी भू–भागमा हिमपात भएसँगै विषेश गरी रामेछापका सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत मिलेको हो । जिल्लाभित्र कृषि पेशामा लागेका किसानहरुलाई हिमपात सँगै परेको पानीले ठूलो राहात भएको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका सुर्ज बहादुर श्रेष्ठले बताउनुभएको छ । ।उहाँमा अनुसार लामो सयमपछि परेको आकासे पानीले बारीमा लगाएको गहँु, तोरी, आलु तरकारी लगायतका हिउदे बालीलाई राहात पुगेको छ । त्यस्तै रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीका जुनार किसान टिकाराम लामाले आकाशे पानीले जुनारलाई पनि राहात मिलेको बताउनुभएको छ । आकाशे पानीले जुनारमा मल हाल्न र गोडमेल गर्न जुनार किसानलाई ठुलो राहत पुगेको उहाँको भनाई छ । त्यसैगरी उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सामुहिक रुपमा किवी खेती गरीरहेका मध्येका एक सदस्य हिरालाल श्रेष्ठले पानीले किबी खेतीमा लागेका किसानलाई ठूलो फाइदा पुगेको बताए । हिउदे बालीको आम्दानीबाटै आफ्नो परिवार चलाउने किसान देखि व्यवसायिक रुपमा खेती गर्ने किसानको मुहारमा यतिबेला एक हप्ते हिउदे झरीले खुसीयाली छाएको छ । जिल्लामा पछिल्लो समयमा बन्दगोभी,फुलगोभी, किवी, अ‍ैलची, लौठ सल्लो, भुँई स्याउ, बोधीचित्त, रुद्रक्ष, आलु लगायतको व्यवसायिक खेती तर्फ किसानहरु आकर्षित हुँदै गएका छन् ।