निशुल्क स्वास्थ्य शिविरबाट गाउँमा खुशीयाली

Oct 30, 2019

रुद्रमणि भुसाल
कार्तिक १३ अर्घाखाँची 

नवदिप युवाक्लब बाँगीको आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर बाँगी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । सम्पन्न स्वास्थ्य शिविरबाट ४०६ जना सेवा प्राप्त गरेका छन् । 

शिविरमा चौराह हस्पिटल प्राली  बुटवल र सि एण्ड सि हस्पिटल ४ नम्बर जितपुर कपिलवस्तु संयुक्त आयोजना सम्पन्न शिविरमा फेमली फिजिसियन सेवा,जनरल फिजिसियन सेवा, महिला रोग तथा प्रसुती सेवा ,दन्त रोग सेवा जनरल सर्जरी सेवा,हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा प्रदान गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले निःशुल्क स्वास्थ्य शिविर गाउँमा संचालन गरेकोमा धन्यवाद साथै आगामी दिनमा यस्तो कार्यक्रम संचालनका लागि आफुले सक्दो सयोग गर्ने बताए ।

क्लबका अध्यक्ष सुर्य कुँवरको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, गाउँपालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्रराज मरासिनी, वडा अध्यक्ष शोभाकर भुसाल, शान्ति माविका प्र अ मान बहादुर पाण्डे, सिद्ध मावि का प्र अ दिनेश केसी, सव ओभरसियर हरिश चन्द्र पान्डे, मेगा बैंक शाखा प्रमुख सुरज कडेल ,बाँगी अर्घाखाँची रूपन्देही सम्पर्क समाजका सल्लाहकार डबल बिसी, बुटवल चौराह हस्पिटल प्राली अध्यक्ष सुदन ज्ञावाली, सि एण्ड सि हस्पिटलका जनसम्पर्क अधिकृत कृष्ण पोखरेल लगाएतले शिविरमा शुभकामना मन्तव्य राखेका थिए ।

 

यस्तो शिविर बर्षमा कम्तीमा तिन पटक राख्नु पर्ने स्थानीयले गुनासो राखेका थिए । कार्यक्रम विरेन्द्र कुँवरको स्वागत मन्तव्य र बिष्णु आचार्यको संचालन गरेका थिए ।