मेरो पालिका : मेरोचासो अभियानमा उत्पाहजनक सहभागीता

Mar 15, 2019

सरिता चाैधरी

फागुन २९, दांग

घोराही उपमहानगरपालिका २ रामपुरमा रहेको श्री गंगा माध्यमिक विद्यालय रामपुरका विद्यार्थी मेरो पालिका : मेरोचासो अभियानमा उत्साजनक रुपमा सहभागीका भएका छन् । ईक्वल एक्सेसको आयोजना ग्रामीण महिला उत्थान केन्द्र साझेदारीमा उक्त कार्यक्रम गरिएको हो । 

जवाफहिता र पारदर्शी समाजको स्थापनाका लागि सुचनाको हकमा सबैको पँहुच बढाउँदै, महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न, सेवाको पँहुचमा महिला अपाङ्गता भएका ब्यक्तिहरु तथा सिमान्तकृत समुदायका नागरिकको सहभागिता सुनिश्चित गर्दै निगरानी गर्न सक्षम बनाउन र संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनीधिलाई सार्वजनिक सेवा प्रवाहमा खबरदारी गर्ने, सेवाग्राहीप्रति जिम्मेवार बनाउन र युवाको सहभागिता बढाउन मेरो पालिका : मेरोचासो अभियान सञ्चालन गरिएको हाे । 

स्थानीय तहका युवा, युवा सञ्जा, युवा क्लव, नागरीक समाजका व्यक्ति तथा सामुहिक रुपमा समुदायमका विषयमा चासो राख्ने जो कोहिले पनि सहभागी भई उक्त अभियन सञ्चालन गर्न सक्ने छन् । समाजमा सामाजिक न्यायको अनुभूति दिलाउन, नागरिक हक अधिकार स्थापित गर्न, सरोकारवाला निकायलाई जवाफदेही बनाउन, स्थानीय तहका जनप्रतिनिधिलाई उत्तरदायी, जवाफदेही, पारदशी बनाई भ्रष्ट्राचार न्युनिकरणका लागि जो कोहिले पनि अभियानमा सहभागी भई आफ्नो उत्तरदायित्व निर्वाह गर्न सक्ने उद्देश्यका साथ याे अभियान सञ्चालन गएको हाे ।

अभियानलाई मध्यनजर गर्दै गंगा माध्यमिक विद्यालयका छात्र तथा छत्राहरुले विद्यलयमा खानेपानी, शाैचालय मर्मत, भवन निर्माण जस्ता अन्य क्षेत्रमा आएको बजेटहरु योजना सम्पन्न भईसकेपछि विद्यालयले वार्षिक रुपमा सार्वजनिक परीक्षण गर्ने गरेको, लक्षित वर्ग, बालबालीको लागि के कति बजेत आउछ आफुहरुलाई जानकारी नभएको र गाउँमा बाटो र्निमाण त हुन्छ तर त्यो पैसा कहाँबाट आउछ आफुहरुलाई जानकारी नएको कुरा रेकर्ड गराएका छन् ।

अभियान कार्यक्रममा विद्यालय व्यवस्थापनको कार्यवाहक अध्यक्ष जगत चौधरी, विद्यालयकै शिक्षक एम वि केसी, विद्यायर्थीहरु १० जना छात्र १९ जना छात्रा, गरी ३१ जनाको सहभागिता रहेको थियो । अभियनमा ६ जना छात्र १४ जना छात्रा गरि २० जनाले आई भि आरमा फोन गरी आफनो भनाईहरु रेकर्ड गराएका थिए ।

विद्यालयका शिक्षक एम वि केसीले यो अभियान चासो र सन्देशमुलक रहेको जानकारी दिनुभएको छ । उक्त अभियनमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । पारस्परिक जवाफदेहिता परियोजनाका पैरवी अधिकृत रजनि श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो, भने मेरो पालिका : मेरोचासो अभियानको बारेमा सामुदायिक सञ्चारकर्मी सरिता चौधरीले जानकारी गराउनु भएको थियो ।