दुर्गम गाउँमा स्वास्थ्य शिविरको आयोजना गरि सर्वसाधारणको स्वास्थ्य जाँच


गर्मिको मौसम सुरुवात भए सगैं भागेश्वर गाउँपालिकाले दुर्गम वार्डका गाउँहरुमा स्वास्थ्य शिविर सचांलन गरी सर्वसाधारणको स्वास्थ्य उपचार गरिएको छ । भागेश्वर गाउँपालिकाको दुर्गम गाउँ रुपालमा नि:शुल्क एकिकृत घुम्ती स्वास्थ्य सिविरको आयोजना गरी स्वास्थ्य उपचार गर्नका साथै औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टले जनाएका छन् ।
गर्मीबढे सगैं विभिन्न किसमका विरामीहरुको संक्रमण पनि बढ्ने ख्यालराखी नि:शुल्क एकिकृत घुम्ती स्वास्थ्य शिविर सेवा प्रदान गरीएको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताउनु भयो ।
सोमबार रुपाल स्वास्थ्यचौकीमा सम्पन्न भएको एकिकृत स्वास्थ्य सेवावाट भागेश्वर गाउँपालिकाका १ र २ नं वडाका ४ सय ८१ जनाले स्वास्थ्य जाँच गरी औषधी वितरण गरीएको आयोजकले बताएको छन् । गर्मी मौसमको सुरुवातको समयमा नै स्वास्थ्य सेवा प्रदान गराई सचेतना समेत गराईरहेकोे गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका सबै वडामा संचालन हुने नि:शुल्क स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य सेवा, आँखाको उपचार सहित नि:शुल्क चश्मा वितरण, दाँतको उपचार ,भिडियो एक्सरे, प्रयोगशाला, पाठेघर खसेका महिलाको उपचार, पाठेघरको क्यान्सरको पहिचान, लगाएतका विरामीको उपचार भईरहेको स्वास्थ्यकर्मी आरती वोशराले जनाएका छन ।

एकिकृत नि:शुल्क स्वास्थ्य शिविर प्रत्येक वडामा संचालन गरिने भए पनि सोमबार रुपालमा सम्पन्न भएको शिविरबाट  जम्मा ४ सय ८१ जनाले सेवा लिएका छन्, जसमध्य महिला ३ सय २१ पूरुष १ सय ६० रहेका छन् । भिडियो एक्सरे गराउने १०५ भिआई तथा पाठेघर खसेका विरामी ६६ , दात सम्बन्धी ५६ ,आखांका १ सय ८८ ,अन्य ३ सय ७४ जना विरामी रहेको वगरकोट गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताउनु भएको छमबार पहिलो दिन वडा नं १ र २ मा सचांलन गरीएको छ भने अन्य वडामा पनि क्रमसै शिविरको आयोजना हुने भागेश्वर गाउपालिका अध्यक्ष भट्टले जनाएका छन । शिविरमा उपचारका लागि बढी जसो वृद्ध ,वृद्धा र महिला तथा बालबालिकाहरुको उपस्थिति रहेको छन् ।

शिविरमा उपक्षेत्रिय अस्पताल डडेल्धुरा, आखा अस्पताल गेटा, भागेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी लगाएतका चिकित्सकहरुले जाँच गरिरहेका छन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पाईने स्वास्थ्य सेवा गाउँमै पाउन थालेपछि विरामी खुसी भएका छन् । सदरमुकाममा पाउने सेवा गाउँमै पाएपछि हर्षित भएको ८४ वर्षिया कलावती साँकीले जानकारी गराउनु भयो । रुपालमा आज नै पशुहरुका लागि पनि नि:शुल्क औषधी वितरण गरिएको छ । पशुहरुलाई जुका लगाएतका औषधी वितरण गरेको जनाएका छन् ।