श्रोता समुहमा आवद्द भएपछि योजना कार्यान्वयनको नेतृत्व

Oct 8, 2018

गगन खड्का
असोज २२, सुर्खेत

रेडियो श्रोता समुहमा आवद्द भएका सुर्खेतका महिलाहरु स्थानीय तहको योजना कार्यान्यनका लागि उपभोक्ता समितिको नेतृत्व लिन थालेका छन् । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत गठन भएका रेडियो श्रोता समुहका सदस्यहरु रेडियोबाट प्रशारण भएको योजना कार्यान्वयन सम्बन्धि जानकारी पाएपछि उपभोक्ता समितिमा चयन भएका हुन् ।

कार्यक्रम अन्र्तगत इक्वल एक्सेस नेपालले उत्पादन गर्ने र नेपालका ४० वटा रेडियोबाट प्रशारण हुने साझाबोली रेडियो कार्यक्रम सुन्ने र छलफल गर्ने सदस्यहरु स्थानीय तहको योजना कार्यान्वयन गर्ने काममा पनि प्रतिनिधित्व गर्न सफल भएका छन् ।

सुर्खेतको लेकबेशी नगरपालिकाको वडा नं. ७, लमुनामा गठन भएको खानेपानी उपभोक्ता समितिमा रेडियो श्रोता समुहका सदस्यहरु पद्मा वली सचिव र मनरुपा राना, पबिसरा रजाली, बिर्मा वली सदस्यमा चयन हुनुभएको छ ।

यसैगरी श्रोता समूहका सदस्यहरु इन्दा घर्ति सडक उपभोक्ता समितिको अध्यक्ष, जमुना राना सचिव र दुर्गा वली सदस्यमा चयन भएको लेकवेशी रेडियो श्रोत समुहकी अध्यक्ष पबिसरा रजालीले जानकारी दिनुभयो । अध्यक्ष रजालीले रेडियो मार्फत एक करोड रुपैयाँसम्मका योजनाहरु उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्नुपर्ने जानकारी पाएकाले आफ्नो गाउँघरको योजना कार्यान्वयनका लागि उपभोक्ता समितिमा प्रतिनिधित्व गरेको बताउनुभयो ।

युएसएडको सहयोग तथा एफएचआईको साझेदारीमा सन्चालित परियोजना अन्र्तगत सुन्दर नेपाल संस्थाले सुर्खेत जाजरकोट  र दैलेखमा तीन तीन वटा रेडियो श्रोता समूहहरु गठन तथा सहजीकरणमा सहयोग गर्दै आएको छ ।