घरघरमा औषधी संगै स्वास्थ्य सामाग्री पुर्‍याउदै युवाहरू

डेल्धुरा । गन्यापधुराका युवाहरुले स्थानियका घरघरमै औषधी र स्वास्थ्य सुरक्षा सामाग्री पु¥याउने गरेका छन । कोरोना भाईरसको संक्रमण फैलिए संगै गरिएको निषेधाज्ञा जारी भएका बेला युवाहरुले स्थानियका घरमै पुगी निःशुल्क औषधी र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिरहेका छन ।

निषेधाज्ञाका कारण खास गरी दीर्घ रोगीलाई निःशुल्क औषधी पु¥याका युवाहरुले साबुन र मास्क समेत बाँड्ने गरेका छन । बिहिबार मात्रै स्थानिय युवाहरुले गन्यापधुरा गाउपालिका २ को कुजाकोट र कोरगाउमा औषधी संगै करिब दुई सय थान साबुन र ११ सय मास्क वितरण गरेको अभियानमा सहभागी युवा उमेश देउवाले बताए । निषेधाज्ञाका कारण दीर्घ रोगीलाई औषधी लिन समस्या हुन थाले पछी स्थानिय युवाहरुले घरघरमै पुगी निःशुल्क औषधी पुगाई रहेका छन । आयस्तर न्युन भएकाहरुलाई साबुन र मास्क पनि वितरण गरिरहेको उनले बताए ।

शुरुमा एक साताको लागी डडेल्धुरामा गरिएको निषेधाज्ञा अहिले चार साता सम्म लम्बिएको छ । निषेधाज्ञाका पछि कोरोना भाईरस संक्रमण फैलन कम भए पनि अन्य समस्या भने बढ्दै गएका छन । स्थानियले रोजगारीका अवसर गुमाउनु परे संगै दैनिक उपभोग्य वस्तुको जोह गर्न समस्या हुदै गएको छ ।