चारै तिर लकडाउन : छाक टार्न समस्या

Mar 27, 2020

प्रेम विश्वकर्मा, नेपालगंज
 चैत्र १४ ।

सडक छेउका बस बिसौनीहरु खाली छन । ठुला सडक सुनसान, मुख्य सडकका चोकहरुमा ट्राफिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उभिएका छन । ग्यास, पानी, दुध, फोहोर बोक्ने गाडी, एम्बुलेन्स लगायतका अतिआवाश्वकीय सेवाका सवारी साधान मात्र हुइँए...हुइकिन्छन ।

शुक्रबार लकडाउन (बन्द) भएको चौथो दिन । नेपालगंजको धम्बोजी देखी गणेशमान चोक सम्म दुई वटा यस्ता दृष्य देखिए । पहिलो दृष्य गणेशमान चोक नजिक सडकमा घस्ररिदै हिँड्ने एक जना पुरुष, त्यो सुनसान सडक घस्रीएरै पार गर्दै हुनुुहुन्थ्यो ।

शारीरिक रुपमा असक्त, जटिल समस्याका पुरुषलाई त्यतिकैमा नेपाल प्रहरीको गाडि आएर उहाँको उद्दार ग¥यो । अर्को दृष्य बिपी चोकमा दुइ वटा साना नानी, ह्विल चियरमा खानाका लागी केही अन्न बोरामा बोकेर एक जना अपाङ्गगता हुनुभएका महिला हिड्दै हुनुहुन्थ्यो । सबै नागरिकलाई घरमै बस्न सबैतिरबाट आवाहन गरिएको छ ।  चारैतिर भय, डर र त्रास छाएको छ ।

यस्तो अवस्थामा पनि उहाँ किन सडकमा भन्ने जिज्ञासा लिई बुझ्दा उहाँले भन्नुभयो, ‘घरमा खाने केही छैन, समस्या भएर माइतिमा गएर घर फर्किन लागेकी । श्रीमान बित्नुभयो, सुकुम्बासी बस्तीमा सानो घर थियो, त्यही घर पनि फालिदिए, बन्दले गर्दा केही गर्न पनि सकेकी छैन । कोरोनाको डर त लाग्छ, समस्या छ के गर्नु ?’

एकातिर आकाशमा कालो बादल माडारी रहेको थियो, सडकमा सर्रर... धुलो सहितको हावाको बेग चलिरहँदा पनि त्यसको कुनै प्रवाह थिएन, यो बाध्यतालाई आत्मसाथ गरी हिँड्ने उहाँ मन कुमारी नेपाली हुनुहुन्छ । उहाँ नेपालगंज २० स्थित मनिकापुरमा बस्दै आउनुभएको छ ।

लकडाउन (बन्द) नहुँदा सम्म उहाँले ह्विल चियरमै बसेर अलि–अलि किरानाका सामानहरु पसल–पसलमा पु¥याई दिइ, त्यसैबाट आफनो घर खर्च, छाक टार्नुहुन्थ्यो, तर अहिले त्यो अवस्था भने छैन । उहाँ त एउटा प्रतिनिधि मुलक पात्र मात्रै हुनुहुन्छ ।

अहिले विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्येनजर गरी नेपाल सरकारले देशैभरी लकडाउन गरेको छ । नेपालमा यही १८ गते सम्म लकडाउन गर्ने भनीए पनि यो लकडाउनको समयवधि बढ्न सक्ने आकंलन गरिएको छ ।

किन भने छिमेकी देश भारतले पनि २१ दिनको लकडाउन नेपालले घोषणा गरेको एक दिन पछि घोषणा गरेको छ । जसले गर्दा साना देखी ठुला सम्म पसल बन्द छन । छिटफुट रुपमा खुलेका पसलमा महँगी उतिकै छ, यति सम्मकी २० रुपैयाँ पर्ने एक पीस ट्वाइलेट पेपरलाई ३० रुपैयाँ सम्म मुल्य लिई पसलले बिक्री गरेको पाइएको छ ।

यो एउटा सानो महंगीको उदाहरण मात्रै हो । लकडाउन, महँगीको प्रत्यक्ष असर हुने खानेँ, वर्ग भन्दा पनि हुँदाखाने खासगरी दैनिक ज्याला मजदुरी गरी खाने विपन्न वर्ग, सडक पेटीमा दिन कटाउने ब्यक्ति, अर्काको घरमा कोठा भाडामा लिई बस्ने ब्यक्तिलाई बढी परेको छ ।

नेपालगंजको वागेश्वरी मन्दिर, त्रिभुवन चोक, सहितका विभिन्न गल्ली र चोक, सडक पेटी, भित्री गाउँहरुमा अहिले पनि यस्ता समस्यामा परेका ब्यक्तिहरु भेट्टाउन सकिन्छ । यस्तैै नेपाल भारत सिमा नाका जमुनाह हो । देशका विभिन्न ठुला सिमा नाका मध्ये एउटा जमुनाह सिमा नाका पनि एक हो ।  यही बाटो भएर सधै आउजाउ गरेका नेपाली र भारतीय श्रमिक वर्ग पनि अहिले समस्यामा पनि परेका छन ।

नेपालगंज यस क्षेत्रकै पुरानो शहर र प्रमुख ब्यापारिक स्थल पनि हो । स्थायि बसोबास भएका मात्रै होइन, यहाँ जागीर, पढाई र अन्य विभिन्न काम विशेषको सिलसिलामा नेपालगंजमा बसोबास गरिरहेका ब्यक्ति पनि समस्याबाट अछुतो छैन्न । यस्ता वर्गका लागी उचित राहतका कार्यक्रम कतैबाट अहिले सम्म आउन सकेको छैन ।

पूर्व सावधानीका लागी भन्दै नेपालगंज उपमहानगरपालिका अन्र्तगत पर्ने वडा नम्बर १९ सहितका केही वडामा मास्क, साबुन लगायतका राहत सामाग्री वितरण गर्दा विभेद गरिएको भन्दै केही स्थानिय र कोठामा बस्ने (भाडावाल) ले  गुनासो गरेका छन । बजारमा मास्क, स्यानिटाइजर लगायतका विभिन्न समानहरुको अभाव छ ।

-मन कुमारी नेपालीको ब्यथा यस्तो छ हेर्नुहोस ।

https://www.youtube.com/watch?v=ipQA6a4AFHM