विद्युतको पहुँच नपुगेको सामुदायिक विद्यालयलाई सोलार वितरण

ममता भट्ट,

असार १, डडेल्धुरा

अमरगढी नगरपालिकाले डडेल्धुरामा रहेका पाँच वटा सामुदायिक विद्यालयलाई सोलार वितरण गरेको छ । नन प्रोफिट अमेरिकन संस्थाको अनुदान, सोलार स्कुल प्रालि काठमाडौंको प्राविधिक सहयोग र स्थानीय विष्णुप्रसाद बोहराको समन्वयन तथा वडा नम्बर ३ को सहकार्यमा सोलार वितरण गरिएको अमरगढी नगरपालिका ३ का वडा अध्यक्ष गोविन्द बोहराले जानकारी दिनु भयो ।

देशैभरिका २५ ओटा विद्यालय मध्ये डडेल्धुराको अमरगढी नगरपालिका को वडा नम्बर ३ मा रहेको घटाल मावि नुवाकोट, शिद्धनाथ आधारभूत विद्यालय चिरकिट्टे, निलकण्ठ आधारभूत विद्यालय लरडा, वडा २ मा रहेको बैजनाथ मावि मौरोडा र वडा नम्बर ८ मा रहेको भागेश्वर मावि टाँटरमा ८१० वाटको सोलार वितरण गरिएको हो ।
विद्युतको पहुँच नपुगेको अमरगढी ३ चिरकिट्टेमा सोलार वितरण गरिएपछि सोलार जडान गरि बत्ती र कम्प्युटर सञ्चालनमा सहजता बनाउने अध्यक्ष बोहराको भनाइ छ ।


सोलार जडानले विद्यालयको प्रशासन सञ्चालन, लेखा व्यवस्थापन र सुचना तथा सञ्चारमा सघाउ पुग्ने, कम्प्युटर, प्रिन्टर समेत चलाउन सजिलो हुने भन्दै शिद्धनाथ आधारभूत विद्यालय चिरकिट्टेका प्रधानाध्यापक वेदप्रकाश पनेरुले खुसी व्यक्त गर्नुभयाे । 

विद्यालयको शिक्षामा सहजता र बिजुलीको पहुँच नभएको र भएर पनि लोडसेडिङले बाधा नपुग्ने विश्वास गरेको विष्णुप्रसाद बोहराले जानकारी दिनु भयो । विद्यालयमा विद्युतकोे समस्या भएका कारण पठनपाठनमा सहजात गर्नको लागि वितरण गरिएको उनको भनाइ छ ।