दैलेखलाई सुन्दर बनाउन जागे युवा

Jul 30, 2020

जिल्लाको सदरमुकाम फोहरले दुर्गन्धित बन्दै गएको बेला दैलेखका युवाहरू सुन्दर सदरमुकाम लगायत जिल्लालाई नै सुन्दर बनाउन लागिपरेका छन् ।जिल्लाको केन्द्र समेत रहेको दैलेख सदरमुकामलाई स्वच्छ सुन्दर बनाउन युवाहरू यतिबेला मरिमेटी लागेका छन् ।

क्लिन सिटी अफ दैलेखले दैलेख सदरमुकाम क्षेत्रको फोहोर संकलन गर्न कन्टेनर सहयोग हस्तान्तरण गरेको छ । दैलेख सदरमुकामलाई स्वच्छ सुन्दर बनाउन कन्टेनर सहयोग गरिएको हो । बिहिवार एक कार्यक्रमका बिच क्लिन सिटी अफ दैलेखले नारायण नगरपालिका वडा नम्बर १ लाई कन्टेनर हस्तान्तरण गरेको हो । क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठलाई कन्टेनर हस्तान्तण गरेका छन् ।


सदरमुकाममा फोहोर संकलन गर्न सहयोग गरिएको संयोजक हमालले बताए । यस अघि सञ्चालन गरिएको सन्देश मुलक कार्यक्रमले सदरमुकाम क्षेत्र सफा भएको संयोजक हमालले बताए । अहिले कुहिने, नकुहिने र जल्ने फोहोर संकलन गर्नका लागि कन्टेनर सहयोग गरिएको उनले बताए । जल्ने फोहोर संकलन गरेर जलाउने, नकुहिने फोहोरलाई पुन प्रयोगमा ल्याउने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर कृषिमा प्रयोग गरिने संयोजक हमालको भनाई छ ।


नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले कन्टेनरहरु सदरमुकामको मुख्य चोक लगाएतका फोहोर बढि संकलन हुने ठाउँमा राखिने बताए । वडाध्यक्ष श्रेष्ठले सामाग्री उपलब्ध गराउने क्लिन सिटी अफ दैलेखलाई धन्यवाद ज्ञापन गरे । उनले सदरमुकाममा एक घर एक गमला कार्यक्रमलाई मद्धत पुग्ने उनको अपेक्षा राखेको बताए ।