रसुवामा सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री बितरण

May 21, 2020

८ जेष्ठ २०७७

रसुवाको उत्तरगया गाउँपालिकामा रहेका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । सिड्स रसुवा र क्रिश्चियन एडको साझेदारीमा संचालित उत्थान परियोजनाको सहयोगमा लकडाउनको अवधिमा सुत्केरी भएका गाउँपालिका भरिका सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाभरिका १ सय ३८ जना सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको परियोजनाका कार्यक्रम नारायण भट्टले बताए । लकडाउनका कारण प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति ५ सय ग्राम हर्लिक्स, साढे २ केजि मुसुरो दाल, साढे २ किलो रहर दाल, ३ केजि चना, ३ केजि भटमास, ३ केजि केराउ र साढे २ केजि राज्मा बितरण गरिएको उनले बताए ।

उत्तरगया गाउँपालिकाको कोभिड १९ निर्देशक समितिको बैशाख २६ बसेको बैठकले गाउँपालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त सामाग्री बितरण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको हो ।