मल्लरानी गाउँपालिकाले गाउँमै पुगेर अपाङ्गता परिचयपत्र बितरण गर्दै

Jan 7, 2021

सृजना सेन
प्यूठान, २२ पुस । मल्लरानी गाउँपालिकाले गाउँ गाउँमा पुगेर अपाङ्गता परिचयपत्र बितरण गरिरहेको छ ।

पुुुुस २० गते बाट सुरु भएको परिचयपत्र बितरण तथा नविरण कार्यक्रम २५ गते सम्म चल्ने प्रशासकिय प्रमुख बालकृष्ण थापाले बताउनु भएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई पालिका सम्म ल्याउँदा समस्या हुने हुरँदा परिवार तथा स्वयम व्यक्तिलाई सजिलो होस भनेर घुम्ति शिविरको आयोजना गरेको थापाले बताउनु भएको छ ।

गाउँमै सेवा पाउदा खुशि लागेको सेवाग्राहिले बताएका छन् । मल्लरानी गाउँपालिका ३ रस्पुरकोट निवासी रिमा कामीले समेत गाउँमै परिचयपत्र पाउनु भयो उहाँले घर नजिकै परिचयपत्र पाउदा खुशि लागेको बताउनु भएको छ । बर्ष ५० बर्षिय रिमा मानसिक र शारिरिक दुबै खालको अपाङ्ग हुनुहुन्छ । वडा कार्यालय तथा अन्य सामुदायिक भवन तथा पाएक पर्ने स्थान बाट परिचयपत्र बितरण गरिरहेको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको अध्यक्ष जुमानसिंह केसिले बताउनु भएको छ ।

शिविरमा राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको अध्यक्ष जुमानसिंह केसि, प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका डाक्टर बिक्रम थापा, महिला तथा बालबालिका शाखाका रेवती न्यौपाने लगायतको सहभागितामा बितरण कार्यक्रम सञ्चालन भइरहेको छ ।