कैलाली जिल्लामै साक्षर घोषणामा पहिलो बन्यो जोशीपुर गाउँपालिका

Apr 15, 2021
वीरेन्द्र शाह वैशाख ०२ सुखड– जोशीपुर गाउँपालिका साक्षर घोषणा हुनेमा कैलाली जिल्लाकै पहिलो स्थानीय तह भएको छ । जिल्लाको १३ वडा स्थानीय तह मध्ये जोशीपुर गाउँपालिका घोषणा हुनेमा पहिलो बनेको हो । गाउँपालिकामा रहेका १०० प्रतिशत बढी जनसङ्ख्या साक्षर घोषणाको सूचक पुरा गर्ने अवस्थामा पुगे पछि घोषणा गरिएको गाउँपालिकाकाले जनाएको छ ।
 
१५ देखि ६० उमेर समुह भित्रका १०० प्रतिशत साक्षरता दर पुगे पछि साक्षर गाउँपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल राज उपाध्यायले जानकारी दिए । तत्कालिन जिल्ला शिक्षा कार्यालयले २०६७ सालमा बौनिया र जोशीपुर गाविसमा घर घुरी सर्वेक्षण गरेको थियो । घर घुरी सर्वेक्षण गर्दा ८ हजार ७ सय ६९ जना निरक्षक रहेको जिल्ला शिक्षा कार्यालयले तथ्याङ्क निकालेको थियो । त्यस पछि जिल्ला शिक्षा कार्यालयले सबै जनलाई साक्षर बनाउनको लागी ३ वर्ष बढी परोढ कक्षा सञ्चालन गरेको थियो ।
 
परोढ कक्षा सञ्चालन पछि  पुनः २०७१ सालमा जिल्ला शिक्षा कार्यालयले घर घुरी सर्वेक्षण गर्दा  ८ हजार ७ सय ६९ जना मानिस साक्षर भएको तथ्याङ्क निकालेको थियो । तत्कालिन साबिक गाविस हुँदा साक्षर घोषणा हुने पर्ने काम सङ्घीय संरचना फेरबदल हुँदा घोषण गर्न सकिएको थिएन । जिल्ला शिक्षा कार्यालयले निकालेको तथ्याङ्कलाई आधार मानेर जोशीपुर गाउँपालिकालाई साक्षर घोषणा गरीएको पालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख संग्राम सिंह धामीले जानकारी दिए ।
 
पालिका साक्षर घोषण गर्नु पूर्व वडा स्तर बाट तथ्याङ्क देखाएर निर्णय गर्दे पालिका साक्षर घोषणा गरीएको उनले बताए । चाँडो हुने पर्ने काम केही प्राविधिक कारणले ढिलाइ भएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख संग्राम सिंह धामीले बताए । नेपाल सरकारको साक्षर नेपाल घोषण नीति बमोजिम जोशीपुर गाउँपालिकालाई साक्षर गाउँपालिका घोषण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । सरकारले साक्षर घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ ।
 
सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मुल्यसूचि र बिलको पढाइ, आफ्ना परिवारका नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अकं र अक्षर चिनेर प्रयोग गर्न जान्ने , शून्यदेखि नौ सम्मका अकं अक्षर लेखाइ १ देखि १ सय सम्मका गणना, लेनदेनको राख्ने लगायतका सूचक रहेका छन् ।
 
साक्षर घोषणा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ड सुबेदी, गाउँपालिका अध्यक्ष राम कृष्ण चौधरी, उपाध्यक्ष गीता कठरिया, प्रमुख प्रशासकीय अधिकृत कमल राज उपाध्याय, रघुनाथ आदर्श बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर हमाल,वडा अध्यक्ष, लगायत विभिन्न व्यक्तिहरूको सहभागिता थियो ।