सिकलसेलको फलोअफःबस्ती स्तरबाटै योजनाको माग गर्नु पर्ने उपाध्यक्ष गौतमको भनाइ

Jun 14, 2019

बर्दिया ३१ जेठ 

बढैयाताल गाँउपालिकामा सिकलसेल एनिमिया रोग संम्बन्धी गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमसंग छलफल भएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सिकलसेल एनिमिया रोग बारे चेकजाँचको ब्यवस्था मिलाउनको लागि बढैयाताल गाँउपालिकामा पटक पटक गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष लयागत वडा अध्यक्षह?संग पनि छलफल र समन्वय गर्दे आइरहेको छ ।

सोही अनुसार सिकलसेल एनिमिया रोगको चेकजाँचको लागि के भैरहेको छ भन्ने बारे आज सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गु?ङ्ग, सामुदायिक संचारकर्मी अनोज था? र सामुदायिक अनुसन्धानकर्मी सन्जिता कुमारी चौधरीले गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमसंग भेटघाट गरेका छन् । सो भेटघाटको क्रममा गाँउपालिकाका उपाध्यक्ष गौतमले सिकलसेल था? समुदायका मानिसह?मा बढी देखा पर्ने भएकोले गतबर्ष यसको लागि बजेट छुट्याउन नसकेको तर अव आउने आर्थिक बर्षमा सिकलसेल रोगको चेकजाँचको लागि बढैयाताल गाउँपालिकाले बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो ।