जिल्ला प्रशासन कार्यालय दोलखामा डिजिटल नागरिक बडापत्र

Mar 17, 2019

दोलखा, चैत ३

जिल्ला प्रशासन कार्यालय दोलखाले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा बारे आम सर्वसाधारण सेवाग्राही नागरिकलाई सरल र सहज ढंगले जानकारी प्राप्त होस भन्ने उद्धेश्यले श्रब्यदृष्य नागरिक वडापत्र राखिएको छ ।

कार्यालयको प्रवेशद्वारा सँगै सबै सेवाग्राही नागरिकहरुले देख्ने गरी राखिएको उक्र श्रव्यदृष्य नागरिक वडा पत्रको संघीय सासंद पार्वत गुरुङले सुभारम्भ गर्नुभयो । दोलखा जिल्लामा सुशासन प्रवद्र्धनको क्षेत्रका कार्य गर्दै आएको मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाले एफएचआई ३६० र युएसएआईडी सँगको साझेदारीमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता कार्यक्रम सँगको सहकार्यमा उक्त नागरिक वडापत्र राखिएको हो ।

उक्त नागरिक वडा पत्रमा ३० मिनेट लामो श्रब्यदृष्यका माध्यमबाट जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पुर्ण सेवा तथा सुविधाहरुको बारेमा जानकारी प्रसारण हुने गर्दछ ।

नागरिक वडा पत्रको सुभारम्भ गर्नु हुँदै संघीय सासंद पार्वत गुरुङले जनसेवालाई सरलीकृत बनाउँन विज्ञान र प्रविधिको प्रयोग हुदै आएको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालयले सुचना प्रविधिको प्रयोग मार्फत नागरिकलाई सेवा सुविधाबारे जानकारी दिने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै सेवा लिनको लागि सेवाग्राहीलाई आवश्यक पर्ने प्रक्रिया र कागजातबारे सहज ढंगले श्रब्यदृष्य नागरिक वडा पत्र मार्फत जानकारी मिल्ने बताउँनु भयो ।

सो अवसरमा सासंद गुरुङले हुराडेक नेपाल सँग मिलेर जिल्ला प्रशासन कार्यालयले नविनतम कार्यको सुरुवात गरेको भन्दै जिल्लाको अन्य कार्यालयले पनि सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोग गर्नु पर्ने उल्लेख गर्नु भयो ।