घोडाघोडी नगरपालिकाले लक्ष्य अनुसार राजश्व भेटाउन मुस्किल

Feb 22, 2019

वीरेन्द्र शाह फागनु १० सुखड
कैलालीको घोडाघोडी नगरपालिकाकाले यो चालु आर्थिक वर्षमा ५ करोडको राजश्वको  लक्ष्य राखे पनि षौष मसान्त सम्म १ करोड ३२ लाख २७ हजार ४० रुपैया राजश्व संकलन मात्र गरेको छ । ढुंगा, बालुवा, गिट्टी, माटो, ग्राभेल उत्खनको लागी घोडाघोडी नगरपालिकाले एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीसँग गत असोज ९ गते नौ महिनाका लागि बालुवा, ढुंगा, माटो, गिट्टी तथा ग्राभेल निकासीमा कर संकलन गर्न एक करोड ३४ लाख ९० हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

तर अहिले सम्म नदि जन्य पदार्थ बाट नगरपालिकाको राजश्व खातामा १ करोड जम्मा भएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासीकय अधिकृत बसन्त बहादुर बोहराले जानकारी दिनु भयो । घोडाघोडी नगरपालिकाका भित्रमा ५७ ओटा ताल तलैया रहेका छन ।त्यस मध्ये अहिले सम्म ३ ओटा तालहरु केही वर्षको लागी ठेक्कामा दिईएको छ । उहाँका अनुसार ३ ओटा तालहरु ठेक्कामा गई सके पछि अहिले  कुल ८ लाख २८ हजार रुपैया राजश्व संकलन भएको  र अन्य ठेक्का प्रकृयामा जाने तयारी रहेको उहाँको भनाई छ ।

घोडाघोडी नगरपालिका बाट बिभिन्न सेवा लिए बाफत सेवा ग्राहीले दस्तुर तिर्नु पर्छ ।बिभिन्न खालका घर जग्गा रजिष्टेशन,व्यवसायीक दर्ता,वडा बाट नगरीकता सिफासिर को सेवा ग्राहीले दस्तुर तिर्ने गरेका छन । निमित्त प्रमुख प्रशासीकय अधिकृत बसन्त बहादुर बोहराका अनुसार चालु आर्थिक वर्ष २०७५÷७६ को पौष मसान्त सम्म दस्तुर र अन्य शुल्क बाट २३ लाख ९९ हजार ४० रुपैया  राजश्व संकलन भएको छ ।

राजश्व संकलन गर्ने लक्ष्य अनुरुप घोडाघोडी नगरपालिका आगढी बढी रहेको बताईएको छ । यसरी पछिल्लो समयको आम्दानी हेर्न हो भने लक्ष्य अनुसारको रकम आम्दानी गर्न नसकिने देखिएको छ ।लक्ष्य अनुसार पुरा गर्न गाहे भए पनि हामीले लक्ष्य भेटाउने गरी काम गरीरहेको अधिकृत बसन्त बहादुर बोहराको दाबि छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ मा लिएको ५ करोड राजश्व संकलनको संकलन गर्ने लक्ष्य पुरा नहुने देखिएको छ ।नगर भित्र रहेका बिभिन्न आम्दानीका स्रोतहरु प्रभाबकारी ढङ्ग बाट प्रयोग नभएको पाईएको छ । नगरपालिकाकाले राजश्व अधिबृद्धि गर्नको लागी कुनै पनि सकारात्मक काम नगरेको घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले बताउनु भयो । राजश्व तिर्ने व्यक्तिहरु सगँ छलफल,अन्तरक्रिया र राजश्व तिर्ने बारेमा जानकारी दिएको खण्डमा केही मात्रमा राजश्व यो बृद्धि नगरपालिकालाई उहाँको सुझाब छ । 

घोडाघोडी नगरपालिकाले लिएको ५ करोड राजश्व सकलनको लक्ष्य पुरा गर्न जनप्रतिनिधिहरु, कर्मचारीहरु लगनसिल भएर लाग्नु पर्ने हुन्छ ।अझै पनि धेरै व्यवसायीहरु करको दायरामा नआएको पाईयोको छ । घोडाघोडी नगरपालिका भित्र धेरै मात्रमा प्रति जमिनमा मानिसहरु बसोबास गरीरहेका छन । नगरपालिकाले सबै सगँ छलफल,समन्वय गरी प्रति जमिनलाई सर्बे नापी गरेको नम्बरी बनाएको खण्डमा केही मात्रमा नगरपालिकाको राजश्व अभिबृद्धि हुने दरख सुखड खानेपानि आयोजनका अध्यक्ष निरज कुमार मल्लको भनाई छ ।