सिकलसेल एनिमिया रोग परिक्षण गर्ने ब्यवस्था मिलाउन भेरी अस्पताललाई ज्ञापन पत्र

May 13, 2019

साेम गुरूंग

बैशाख ३०, बाँके

छिटो भन्दा छिटो सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मत गरि सूचारु गर्नको लागि बाँकेका नागरिक समाजले आज भेरी अस्पतालका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । पश्चिम नेपालकै केन्द्रको रुपमा राष्ट्रिय स्तरको भेरी अस्पतालमा रहेको सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन विगत ३ महिनादेखि बिग्रेको र औषधी उपचार परिक्षणबाट बिरामीहरु वन्चित भएको हुदाँ मेशिनको तुरुन्त ब्यवस्था तथा कार्यान्वयनका लागज्ञापन पत्र बुझाएको अधिवक्ता केवल सिहं थारुले बताए ।
नेपालको संविधानमा स्वास्थ्य सम्बन्धि हक अधिकारलाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको र जनस्वास्थ्य सम्बन्धि ऐन २०७५ र दिगो विकासका लक्ष्य बुदा नं.३ मा स्वास्थ्यको अधिकार हरेक नागरिकहरुमा पहुँच हुने ब्यवस्था समेत गरेको छ । यसै क्रममा ज्ञापन पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष, अधिवक्ता बिश्वजित तिवारी, अधिवक्ता केवलसिहं थारु, अधिवक्ता बल बहादुर चन्द, पत्रकार राकेश मिश्र, विश्वराज पछल्डङग्या,आईएचआरसीका लक्ष्मी तिवारी, रविन्द्र कुमार ज्ञवाली,कृष्णमुरारी प्रसाद भट्ट, सिमा हमाल, दिल बहादुर थारु र सुनिल चौधरी रहेका छन् । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कृष्णमुरारी प्रसाद भट्ट, लक्ष्मी तिवारी र अल्का मिश्रले सूचना मागे पछि सिकलसेल एनिमिया रोगको परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन विगत ३ महिनादेखि बिग्रेको समाचार बाहिर आएको थियो ।सो ज्ञापन पत्र बुझनु हुदै भेरी अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारीले तुरुन्त सिकलसेल एनिमिया रोग परिक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाण्डौं लैजाने तयारी भएको जानकारी दिनुभयो ।