कैलालीमा आरटीआई सञ्जाल गठन,संयोजकमा पुष्पराज जोशी

Jan 21, 2021

माघ ८ कैलाली ।

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल–आरटीआईको २८ सदस्यीय कैलाली समिती मंगलबार गठन गरिएको छ । समितीको संयोजकमा अध्यक्षमा पुष्पराज जोशी चयन भएका छन् ।

समितीको सहसंयोजकमा लिलाघर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् । सदस्यहरुमा क्रमश ः शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेर बहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केशी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा, हेमराज भट्ट रहेका छन् । यस्तै युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिह ठकुरी, रसुता जैरु, नारायण प्रशाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा, भक्तराज देवकोटा रहेका छन् ।

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमीद बागचन्दले सरकारी कार्यालय सहित स्थानीय तहहरुका सबैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई व्यथितिलाई रोक्ने मुख्य कर्म राखेको छ । हरेक सरकारीकार्यालय तथा संस्थाहरुमा नगरिकले सहज रुपमा पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने बताए ।

सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल सुदूरपश्चिम संयोजक प्रेम ढुगानाको संयोजकत्वमा भएको कार्यक्रम मंगलबार दिउसो २ बजे देखि जुम यप्स मार्फत गरिएको थियो ।