गन्ना सडकमा खाल्डाखुल्डीे,सास्तीमा यात्रु

Feb 13, 2020

विनोद सिंह विष्ट–बैतडी, १ फागुन - गोकुलेश्वर–गन्ना जोड्ने सडकखण्डमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको छ ।

उक्त सडकखण्डको बैतडीको डिलाशैनी गाउँपालिका ३ धौकुचेदेखि गन्नासम्मको सडकमा खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा सास्ती हुने गरेको चिप चालक आन सिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो“ कच्ची सडकमा खाल्डाखुल्डी हुँदा सवारी चलाउन समस्या हुने गरेको छ ” सिमार र तल्लोछेपट्टाका स्थानीय बासिन्दाले सिँचाईको पानी र धाराको पानी सडकमा छाडिदिँदा पैदान डिड्न समेत समस्या हुने हाम्रा  गंगासागर जोशीले जानकारी दिनुभयो । पानीलाई व्यवस्थीत नगरि सडक छाड्दा सडकमा ठुल्ठुला खाल्डा परेका छन् ।

उहाँले भन्नुभयो“सडकमा रहेका खाल्डाखुल्डीमा पानी जम्मा भएको पानीले सडक हिलाम्मे भएको छ” सडक हिलाम्मे हुँदा दुर्गा मावि सिमारका विद्यार्थीलाई समेत आवतजावत गर्न समेत समस्या हुने गरेको छ । उक्त क्षेत्रका नागरिकले खेतमा सिँचाइ गर्न खेतमा लगेको पानी व्यवस्थीत नगर्दा सडकमा हिड्न समस्या हुने गरेको हो ।