कोभिड—१९ प्रभावित युवालाई स्वरोजगार गराउनका नागरिक समाजद्वारा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

कञ्चनपुर
कोभिड—१९ प्रभावित युवाहरुलाई स्वरोजगार गराउनका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । कोभिडका कारण विभिन्न देशहरुबाट घर फर्किएका नेपालीहरुलाई रोजगारी मूलक कार्यक्रम तथा योजनाका लागि कञ्चनपुरस्थित नागरिक समाजका प्रतिनिधिले भीमदत्त नगरपालिकालाई ध्यानाकार्षण गराएका हुन् ।
भीमदत्त नगरपालिकाका उप प्रमुख सुशिला चन्द सिंहलाई ध्यानाकर्णपत्रमा बुझाउदै नागरिक समाज संस्थाका प्रतिनिधिहरुले कोरोनाका महामारीका कारण रोजगारी गुमाएर घर फर्किएका युवाहरुका लागि स्थानीय सरकारले ल्याएका रोजगारी मूलक कार्यक्रम तथा योजनाका लागि अवलम्बन गरेका नीतिहरुको बारेमा समेत जानकारी ध्यानाकर्षण गराएका थिए ।
इएफआइ, कञ्चनपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास सेवा केन्द्र, एनएनएसडब्लुए, संजीवनी नेपाल लगायतका नागरिक समाज संस्थाका प्रतिनिधिहरुद्वा हस्ताक्षरित ध्यानाकर्णपत्रमा विदेशबाट फर्केका युवाहरुको तथ्यांकका आधारमा विश्लेषण गरी दक्ष र अदक्ष जनशक्तिको पहिचान गरिनुपर्ने उल्लेख गरिएको छ । यस्तै, दक्ष जनशक्तिको दक्षता अनुसारको रोजगाीमूलक कार्यक्रमको सिर्जना गरी बजेट र स्रोतको उपलब्धता अनुसार विभिन्न चरणमा उनीहरुलाई उत्पादनमूलक कार्यक्रमहरु उपलब्ध गराउनुपर्ने र अदक्षको हकमा सिपमूलक तथा आर्यमूलक कार्यक्रम तालिम तथा स्रोत उपलब्ध गराउनु पर्ने उल्लेख सुझाव दिइएको छ ।
यसैगरी नगरपालिका कार्यालयमा दक्ष जनशक्तिको रोष्टर निर्माण गरि आवश्यकता अनुसार परिचालन गर्न हेल्प डेस्कको स्थापना गरिनु पर्ने र कोभिड—१९ तथा भविष्यमा हुन सक्ने महामारीका चपेटामा परेका समुदाय, युवाहरुलाई स्वोजगार कार्यक्रममा समावेश गर्नका लागि नितिगत व्यवस्था गर्न पहल गर्नुपर्ने सुझाव दिइएको छ ।