रेडियाे कार्यक्रममा स्थानिय तहको निति तथा कार्यक्रमलाइ प्राथमिकता दिन जाेड

बिमला बुढाथाेकी

असार १९, दाेलखा

स्थानिय तहको नीति तथा कार्यक्रम, बजेट जस्ता विषयलाई विशेष प्राथामिकता दिँदै रेडियो कार्यक्रम साझाबोलिको आगामी अंक उत्पादन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन्र ।

दोलखाको सदरमुकाम चरिकोटमा बुधबार बसेको विषयवस्तु सल्लाहाकार समितिको बैठकका सहभागीहरूले स्थानिय तहले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कत्तिको जनतामुखी छन्, सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधिसँगै स्थानिय सेवाग्राहिको भुमिका कस्तो हुनुपर्छ जस्ता विषय उठान गर्दै कार्यक्रम उत्पादन गरि प्रशारण गर्ने हो भने अझै बढी प्रभावकारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै मेलुङ गाउँपालिकाका प्रवक्ता हिराकुमार थोकरले साझाबोली कार्यक्रम विभिन्न सरोकारवाला व्यक्तिहरुसँग बसेर छलफल गरि विषबस्तु ल्याउने हुँदा पनि प्रभावकारी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, 'कार्यक्रम बज्नु अघिनै कार्यक्रममा समेटीएको आवाज दोलखाको मात्रै नभई अन्य जिल्लाको पनि रहेछ भन्ने कुरा सुरुमा नै जानकारी हुन्छ । यसले अझ अन्य जिल्लामा पनि विकास निर्माण लगाएतका काम कसरी अघि बढेका छन् बुझन सहज भएको छ ।' उहाँले मेलुङ गाउँपालिकाले गुणस्तरिय शिक्षाका लागि धेरै लगानी गरिरहेको बताउनुभयो ।

यसैगरि कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठले शिक्षाका धेरै काम स्थानीय तहबाट नै हुने गरेको अबस्थामा शिक्षाका गतिविधीमा स्थानीय सरकारले बढी ध्यान दिन आबश्यक रहेको बताउनुभयो ।

सिविन नेपालका बालसंरक्षण अधिकृत सन्तोष प्रसाद विमलीले रेडियो कार्यक्रम साझाबोली आम नागरिक र सरोकारवालाका लागि महत्वपुर्ण कार्यक्रम भएको बताउनुभयाे । उहाँले कार्यक्रममा अझै गाँउबस्तीका कुरा बढि समेट्नुपर्नेमा जोड दिनुभयो । 'अझै कति पय स्थानमा न्यायीक समितिमा काम गरिरहेका व्यक्तीहरुनै अन्योलमा छन् । यस कारण जति हुनुपर्ने काम हो त्यहि भएको पाईदैन ।' उहाँले भन्नुभयो  

कार्यक्रममा मेलुङ गाउँपालिकाका प्रबक्ता हिराकुमार थोकर, शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकर बाबु श्रेष्ठ, कार्यपालिका सदस्य रुपा भुजेल, सिविन नेपाल बालसंरक्षण अधिकृत सन्तोष प्रसाद विमली, पारस्परिक जवाफदेहिता परियोजना दोलखाका संयोजक शेरबहादुर भुजेल, भीमेश्वर नगरपालिकाका राधिका बुढाथोकी लगाएत कार्यक्रम उत्पादक, सामुदायिक सञ्चारकर्मीको सहभागिता रहेको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत रेडियो शैलुङ दोलखाबाट उत्पादन हुँदै आएको रेडियो कार्यक्रम साझाबोलि उत्पादनको लागि बिषयवस्तु बारे छलफल गर्नका लागि बसेको सल्लाहकार समितिको बैठकमा १ जना दलित, ६ जना ब्राह्मण क्षेत्रि र ५ जना जनजाति र १ जना नेवार गरि १३ जनाको सहभागिता रहेको थियो ।