नागरिक समाजको भुमिकालाई गम्भिरतापूर्वक लिईनुपर्नेमा संचारकर्मीको जोड

Feb 26, 2018

धुलिखेल १४ । स्थानिय तहले नागरिक समाजको भुमिकालाई गम्भिरतापूर्वक लिनुपर्नेमा काभ्रेका संचारकर्मीहरुले जोड दिएका छन् । पारस्परिक जवादेहिता कार्यक्रम मार्फत सामुदायिक सारथीले धुलिखेलमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उपस्थित संचारकर्मीहरु सहित अन्य सहभागीहरुले स्थानिय तह र संचारकर्मी बिचको सम्बन्धलाई अझै प्रभावकारी बनाउन सबै पक्ष सकारात्मक ढङ्गले लाग्नुपर्ने बताए ।
अबका दिनमा राजनैतिक समाचारसँगै जवाफदेहिता, पारदर्शिता तथा सुशासनका समाचारहरु पनि सबै संचारकर्मीहरुको चासोको विषय बन्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

      

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष, ईन्सेक जिल्ला प्रतिनिधि एवं शिक्षा, स्वास्थ्य, कृषि र विपद् ब्यवस्थापन संजाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले वर्तमान समयमा नागरिक समाजलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले एकाध खराब व्यक्तिको व्यवहारबाट सिङगो नागरिक समाजलाई बदनाम बनाउन खोजिनु दुःखद रहेको बताउँदै भोलिका दिनमा सुशासनका विषयलाई लिएर स्थानिय स्तरमा तिव्र रुपमा छलफल चलाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिल सदस्य ईश्वरी ओझाले नागरिक समाजले सक्रियतापूर्वक आफ्नो भुमिका निर्वाह गर्न नसक्दा भ्रष्टाचार मौलाएको भन्दै नागरिक समाज शशक्त रुपमा प्रस्तुत हुन सके मात्रै समृद्ध समाजको कल्पना गर्न सकिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्यालले वर्तमान समयमा स्थानिय तहहरले निति निर्माणको चरणमा काम गरिरहँदा उक्त समयमा नागरिक समाजको भुमिकालाई महत्व नदिईनुले भोलिका दिनमा फेरी पनि नागरिकले दुः ख पाउनुपर्ने हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले निति निर्माण गर्नेलाई व्यवसायीले प्रभावमा पारेर आफु अनुकुलको निति बनाउन लगाउन सक्ने र पछि त्यो नितिले नागरिकको अधिकार माथि हनन् हुनसक्ने स्थिती आउने कुराप्रति नागरिक समाजको चासो र चिन्ता हुनुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारीका केन्द्रियका उपमहासचिव हिरामान लामाले नितिको प्रभाकारी कार्यान्वयन, पुनर्निर्माण र संशोधनका चरणमा नागरिक समाजको भुमिका महत्वपूर्ण हुने भन्दै आमसंचारकर्मीले नितिगत अध्ययन गरेर समाचार संप्रेषण गर्दा समाचारले थप विश्वसनियता पाउने कुरा व्यक्त गर्नुभयो । उहाँले हाल जिल्लामा रहेका अधिकांश वडा तथा गाउँपालिका र नगरपालिकाले नागरिक वडापत्र नराखको प्रति सबैको चासो पुग्नुपर्ने बताउनु भयो ।
प्रेस सेन्टर केन्द्रिय सदस्य ईश्वरी राजकुमार मैनालीले संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघले नागरिक समाजसँग समन्वय गरेर जवाफदेहिता, पारदर्शिता र सुशासनका सवालमा स्थानिय तहमा सुचनाको हक प्रयोग लगायतका विषयमा छलफल, अन्तकृया गर्नुपर्ने र संचारमाध्यममा ति बिषयका समाचार प्राथमिकताका साथ छाप्ने हो भने अभियानले सफलता प्राप्त गर्ने र जनताको पहुँच सेवा प्राप्त गर्ने ठाउँमा सहजै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश न्यौपाने नागरिक समाज संघसंस्थाको सहकार्यमा सुशासनको क्षेत्रमा काम गर्न महासंघ तयार रहेको र आगामी दिनमा स्थानिय तहमा जवाफदेहिताका सवालमा छलफल, गोष्ठी लगायतका कार्यक्रम संचालन गर्ने सँगै क्षमता अभिवृद्धिका कुराहरुलाई पनि सँगै लिएर अगाडी बढ्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष कपिल कोईरालाले जवाफदेहिता र पारदर्शिताको क्षेत्र निकै नै अध्ययन गर्नुपर्ने क्षेत्र रहेकोले संचारकर्मी बिचको सहकार्यले समाचार संकलन र प्रकाशनमा पनि अर्थपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
पत्रकार खगेन्द्र भण्डारीले समाचार खोज्न कहिँ जानु नपर्ने केवल पत्रकारले आफैं नितिगत अध्धयनमा केहि समय खर्चने हो भने समाचारको श्रोत सहजै भेटाउन सक्ने बताउनुभयो । उहाँले पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा नागरिक समाजलाई शश्क्त बनाउन संचारकर्मी आफैं पनि नागरिक समाजका प्रतिनिधी भएको हुँदा जिल्लाका मुद्धाहरुलाई प्राथमिकताका साथ आफ्नो संचार माध्यममा स्थान दिनु अहिलेको आवश्यक्ता रहेको बताउनुभयो ।
कान्तिपुर टेलिभिजनका संवाददाता रमा दाहालले समाचार संकलनका क्रममा देखेका भेटेका नागरिकका अप्ठ्याराहरुलाई संचारमाध्यमबाट प्रस्तुत गर्दापनि आलटाल गर्ने गरेको पाईएको अवस्थामा नागरिक समाजले छोटो समयका लागि भए पनि अभियानको रुपमा विषेष ध्यान दिएर अभियान संचालन गर्नु पर्ने बताउनुभयो । उहाँले केहि मुद्धाहरुमा एक्लैले अवाज उठाँउदा कसैको सुनुवाई नहुन पनि सक्ने भएकाले सबै मिलेर त्यस्ता प्रकृतिका मुद्धालाई एकसाथ उठाउन जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एभिन्युज टेलिभिजनका संवाददाता जीवन पराजुलीले संचारमाध्यमले समाचार संप्रेशण गर्दा बिना पूर्वाग्रही ढंगले समाचार प्रकाशन गर्नुपर्नेमा पछिल्ला समयमा पूर्वाग्रही ढंगका समाचारले स्थान पाउन थालेको प्रति सम्बन्धित निकाय चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले समाजका केहि व्यक्तिको प्रभावमा परेर यदाकदा संचारकर्मी समेत दोहोरो भुमिका निभाएको महशुस भएको सामाजिक मुद्धा कसैको व्यक्तिको होईन सबै मिलेर समाधानका लागि अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।
जनप्रतिरोध साप्ताहिकका पेमा लामाले विषयवस्तुको गाम्भिर्यतालाई अझै मजबुत बनाउँदै भोलिका दिनमा तहगत रुपमा छलफल कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
रेडियो नमोबुद्धका समाचार प्रमुख जगतमान तामाङले संचारमाध्यमले विकासका मुद्धा उठाइरहँदा नितिगत कुरालाई आधार मानेर स्रोत पहिचान गर्ने पछिल्लो समयमा स्थानिय तहमा कर्मचारी जान नमानेका कारण सेवाग्राहिले दुः ख पाईरहेको बताउनुभयो ।
जनता टेलिभिजनका काभ्रे संवाददाता रोजन तामाङले भुकम्पपछिको पुनर्निर्माणको चरणले गति लिन नसकेको बताउँदै नितिगत कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो ।
रासस प्रतिनिधि युवाराज पाण्डेले संघियतासंगै नीतिगत रुपमै आएको परिवर्तनलाई आत्मसाथ गर्दै नागरिक समाजको भुमिका शशक्त पार्नुको विकल्प नरहेको बताउनुभयो ।
जिल्लाका क्रियाशिल ३३ भन्दा बढी कृयाशिल पत्रकारहरुको छलफलले अबको दिनमा यो किसिमको छलफललाई निरन्तरता दिन नागरिक समाजका संघसंस्थाले योजना बनाएरै काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सामुदायीक सारथीका जिल्ला संयोजक राजाराम गौतमले जवाफदेहिता र सुशासन केवल सरकारको मात्र कार्य होइन, यो सरकार, नागरिक समाज र निजी क्षेत्र सहितको ब्यापक सहभागितामा मात्र सम्भव रहेका र नागरिक समाजका भुमिका अर्थपूर्ण बनाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण रहेको बताउँदै आगामी दिनमा पनि संचारकर्मीसंगको अन्तरकृया छलफलले निरन्तरता पाउने बताउनुभयो ।