किसानलाई व्यवसायिक लहरेबाली तालिम

Feb 22, 2019

कैलाली, फागनु १०

किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड लघुबित्त कार्यक्रमले आयोजना गरेको व्यवसायिक लहरेबाली तालिम पहलमानपुर शाखामार्फत सम्पन्न भएको छ ।

पहलमानपुर शाखामार्फत भएको तालिम माघ २७ देखी फागुन १० गते सम्म घोडाघोडी नगरपालिकाका बिभिन्न ठाउँमा भएको थियो ।  पहलमानपुर शाखामार्फत भएको तालिममा २६७ जना महिलाहको सहभागिता रहेको थियो ।

किसान बहुउदेश्यीय सहकारी संस्था १८ ओटै शाखा मार्फत व्यवसायिक लहरेबाली तालिम संचालन गरिएको छ । किसान बहुउदेश्य सरकारी संस्थामार्फत गठित समुहलाई बित्तिय सेवा मात्रै प्रवाह संस्थामा आबद्ध सदस्यहरुलाई बिभिन्न किसिमका तालिम प्रदान गर्दे आएको छ ।

संस्थाले लहरे बाली व्यवस्थापन तालिम,च्याउँ खेती तालिम,बुङगुर पालन तालिम प्रदान गर्दे आएको बताईको छ । गाउँ ठाउँमा गठन गरेका कृषि समुहहरुलाई कृषि क्षेत्र बाट केही गरेर आत्मनिर्भर बन्न सजिलो, तथा आयस्तर वृद्धिहोस भन्नको लागि तालिम दिएको बताईएको छ ।

किसान बहुउदेश्य सहकारी संस्था लि.का कृषि प्राबिधिक वीरेन्द्र शाहले तालिमको सहजीकरण गर्नु भएकोथियो ।