शुशासन कायम गर्नका लागि सरोकारवाला बीच छलफल

Nov 21, 2019

धनगढी । समाजमा शुशासन कायम गर्नका लागि सरोकारवाला निकायको भूमिका विषयक छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । विकास र सामाजिक परिवर्तनका लागी संचार एफएमडिसीको आयोजनामा भएको कार्यक्रमका सहभागिले राज्यका विभिन्न निकाय तथा समाजमा शुशासन कायम हुन नसकेको बताए ।


कार्यक्रममा एफफमडिसीका कार्यक्रम संयोजक ओम जोशीले स्थानीय तहमा शुशासन अझै कायम हुन नसकेको बताए । ‘स्थानीय तहमा नीति तथा कार्यक्रमहरु धेरै छन्’ उनले भने । ‘कार्यान्वयन पर्ने पाटो कमजोर रहेको छ । कहाँ बाट शुशासन कायम हुन्छ सहभागिहरुले स्थानीय सरकारले कुनै सूचना जारी भएमा ग्रामिणबस्ती सम्म पु¥याउन नसकोको गुनासो गरे ।


अधिकारीकर्मी इन्दु चौधरीले स्थानीय सरकारले निम्न आए भएका तथा ग्रामिण बस्तीका जनतालाई शुशासन नै दिन नसकेको बताइन् । ‘समाजमा विभिन्न क्षेत्रमा विकासका योजना सञ्चालन भईरहेका हुन्छन्’ उनले भनिन् । ‘विकास योजना अगाडि बढाउदा उपभोक्ता समिति गठन पर्ने भए राजनीतिक दलका कुरा आउन्छन’ उनले भनिन् । ‘अनि कहाँबाट शुशासन कायम हुन्छ ।’ समाजमा हुने भ्रष्टाचार, अन्याय र कुसंस्कार अन्त्यका लागि सञ्चार माध्यामको भूमिका महत्वपूर्ण हुने सहभागिहरुको भनाई थियो । कार्यक्रम गैर सरकारी संस्था महासंघ कैलालीका सचिव चेतमान साउँदको अध्यक्षतामा भएको हो ।

अध्यक्ष साउँदले समजमा शुशासन कायम गर्न सरकारी तथा गैर सरकारी संस्थाहरु एकबद्ध भएर अगाडि बढ्नुपर्ने औल्याए । उनले शुशासन कुनै एक संस्थाको पहल कदमीले मात्र अन्त्य नहुने यसका लागि एकबद्ध भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन एफएमडिसीका अभियान अधिकारी निराजन परियारले गर्नुभएको थियो ।