कृषकलाई बाली जोगाउनै मुस्किल

Sep 2, 2020

तपेन्द्र कुँवर, १७ भाद्र
साँफेबगर नगरपालिकाका विभिन्न वडामा जङ्गली जनावर बँदेल र वाँदरले भित्र्याउन लागेको वालिमा क्षति पु¥याउन थालेको छ । पाक्नै थालेको धान, मकै, कोदो लगायतका बाली बँदेलले सकेजति खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका छन् । ठूलो सङ्ख्यामा आउने जङ्गली जनावर बँदेल र वाँदरले अन्नबालीमा नोक्सान गर्न थालेपछि किसान खेतवारीमै रात बिताउन थालेका छन् । धान, मकै, कोदो लगायत पाक्न लागेको अन्नबाली जङ्गली बँदेलले खाएर सखाप पारेको साँफेबगर नगरपालिका वडा नं.९ वुढाकोटका स्थानीय चक्र कुँवरको भनाई रहेको छ । बँदेल धपाउन रातभरी खेतबारीमा नै बास बस्नु परेको उहाँको भनाई छ । पाकेको खेती जोगाउनै मुस्किल भएको छ उहाँले भन्नुभयो । पहिलो गाउँभन्दा अलि टाढाको खेतवारीमा वालि नष्ट गर्ने भएपनि अहिले भने घरआँगनमा नै आएर बँदेलले वालिनालीमा क्षति पु¥याएको कुँवरको भनाई रहेको छ । वर्षनि बँदलले लगाएको वालिनालीमा क्षेति गर्न थालेपछि कृषकहरु खेतिपाति लगाउन छोड्दै आएको पनि उहाँको भनाई रहेको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लामा पनि जङ्गली जनावर बँदेल र वाँदरले भित्र्याउन लागेको वालिमा क्षति पु¥याएको छ । वाब्लाका अधिकांस कृषकहरुको पाक्ल लागेको धान, कोदो, मकै, मुम्फलीमा यो वर्ष क्षति पु¥याएको कृषक सुरेन्द्र वाब्लीको भनाई रहेको छ । यो वर्ष समयमा पानी आएका कारण राम्रो उत्पादन भएपनि वालि भित्र्याउन समयमा जङ्गली जनावर नष्ट गरेपछि खाद्यन्न संकट हुने चिन्ता वढेको बाब्लीको भनाई रहेको छ । उहाँले स्थानीयस्तरमा जङ्गली जनावरबाट खेतबारी जोगाउन रोकथामका लागि कुनै उपाय नगरिएको गुनासो पनि पोख्नुभयो । किसानले रातभर जाग्राम बसेर बँदेल धपाउनु बँदेलबाट बाली जोगाउने एक मात्र उपाय रहेको उहाँको भनाई रहेको छ ।

यस्तै वडा नं.४ मष्टमान्डौंको पायडी र भण्डारी गाउँमा पनि जङ्गली जनावरले पाक्न लागेको धानवालि नष्ट गरेको छ । बँदेलले अन्न बाली नष्ट गर्नुका साथै आतंक मच्चाउन थालेको स्थानिय बासिन्दा सुरत भूलले बताउनुभयो । यसले गर्दा किसानहरुलाई भोकमरीको समस्या हुने उहाँको भनाई छ । ५०÷६० भन्दा वढी कृषकहरुको वालिनालीमा क्षेति पु¥याएको जानकारी दिनुभयो । साँझ बिहानको छाक टार्नको लागि लगाएको धान बालीमा बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको छ । उहाँले कतिपय कृषक जंगली जनावर भगाउन रातभर जाग्राम बस्ने गरेको पनि बताउनुभयो ।

साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटको सिस्ने, चिउरीनावमा पनि बँदेलले धेरै कृषकको धानवाली नष्ट गरेको वडा अध्यक्ष मिठ्ठु सिंह भाटको भनाई रहेको छ । उहाँले केही पाक्न लागेको वालि वुढीगंगा नदीले कटान गरेको छ । वाँकी रहेको पाक्न लागेको वालिमा पनि जङ्गली जनावर बँदेले सखाप पारेको छ । ंजंगली जनावर बँदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेको वडा अध्यक्ष भाटको भनाई रहेको छ । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जङ्गली जनावरलाई मार्ने स्पष्ट कानून नभएका कारण नगरका केही वडामा वर्षनि अन्नवालिमा जङ्गली जनावरले क्षेति गर्दै आएको बताउनुभयो । यसको समाधानको लागि आफूले राज्यका निकायसँग पटक पटक आवाज उठाउँदै आएको पनि बताउनुभयो । नगर प्रमुख कुँवरले कृषकहरुले क्षतिको न्यूकरणको लागि कृषि विमा गर्नु पर्नेमा जोड दिनुभएको छ ।