जनप्रतिनिधीलाई सामाजिक जवाफदेहिताका औजारसम्बन्धी अभिमुखीकरण

Jan 31, 2018

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाअन्तर्गत ७ वटा वडाका जनप्रतिनिधी, वडासचिवलाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम जनवरी ८, २०१८ मा सम्पन्न भएको छ ।

कुल ४५ जना सहभागी रहेको उक्त कार्यक्रममा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण र सामाजिक परीक्षणको बारेमा प्रशिक्षण दिइएको थियो । साथै स्थानीय तहले यी औजारहरुको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा अन्तरक्रिया समेत भयो । कार्यक्रममा युएसएआइडीका प्रतिनिधी कृष्ण पाठकले नेपालमा सुशासनको पछिल्लो अवस्था र स्थानीय तहमा यसको प्रवद्र्धनको विषयमा सहजीकरण गर्नुभएको थियो ।