किशोरीहरुलाई आत्मरक्षा तालिम


तिर्थमाया तामाङ, फागुन ११ रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले विद्यालयका किशोरीहरुलाई ३ दिने आत्मरक्षा तालिम दिन हिजोबाट सुरु भएको छ । बलात्कार तथा महिला हिंसाका घटना रोक्न नगरपालिकाका विद्यालय पढ्ने किशोरीलाई आत्मरक्षा तालिम दिइएको हो  । नगरपालिका अन्तर्गतका १३ वटा माविमा अध्यनरत प्रत्येक विद्यालयबाट २÷२ जना किशोरी र १÷१ जना शिक्षिकाहरुलाई तालिम दिन सुरु गरिएको रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले जानकारी दिनुभयो ।
‘यौन दुर्व्यवहार, बलात्कारलगायत घटनाबाट जोगिन तालिमप्राप्त प्रशिक्षकबाट किशोरीहरूलाई प्रशिक्षण दिइने उहाँले बताउनुभयो । नगरपालिकाका उप्रमुख सृजना खड्काले आत्मरक्षा तालिम फलदायी रहेको बताउनुभयो  । विद्यालय आवतजावतका क्रममा किशोरीमाथि विभिन्न स्थानमा दुव्र्यवहार हुन सक्ने भएकाले त्यसबाट जोगाउन तालिमले सहयोग पुग्ने विश्वास आफुले लिएको उहाँको भनाई थियो । तालिमले किशोरीहरूलाई सुरक्षित रहन सघाउ र्पुयाएउने उहाँले दाबी गर्नुभयो । यस्ता प्रशिक्षणले किशोरीलाई स्वास्थ्यप्रति समेत सजग गराउने र ‘यस्ता कार्यक्रम अन्य पालिकाले पनि सञ्चालन गर्दा राम्रो हुने उहाँले सुझाब दिनुभयो  ।